Sajhamanch Archive

सर्वसाधारणलाई खुलामञ्‍चमा दशैंको टीका

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ। गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकहरूलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो।

खुलामञ्चलगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दशैंको अवसर पारेर टीका लगाइदिएको हो।

लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टीमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमी पूरा गरेको सर्वसाधारणले बताएका छन्।

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ। हाम्रो टीम लगायतका संस्थाहरुको पहलले ओली सरकारलाई झापड हानेको सर्वसाधारण भनाई छ ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए। कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *