Sajhamanch Archive

पोखरीमा डुबेर इलाममा एक जनाको मृत्यु

Published: in समाज by .

इलाम । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देउमाई नगरपालिका वडा नं.३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेका छन्  । गएराति घरबाट निस्केका खत्री आज पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए ।

घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *