Sajhamanch Archive

इलामका चार स्थानीय तहमा सुपारी खेती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

इलाम । इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती सुरु गरिएको छ ।

झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययनको माग गरेका छन् ।

चुरे क्षेत्रका समथर भूभागमा सुपारी खेती विस्तार भएको छ । तराईसँग जोडिएको चुरे क्षेत्रमा सुपारी खेती गर्न मिल्ने हावापानी भएकाले किसानले सुपारी खेती लगाउन थालेका हुन् ।

चुरे क्षेत्रको भूक्षय रोक्न सहयोग पुग्ने सुपारी खेती राम्रो हुने गरेकाले सम्भाव्यता अध्ययनको काम भइरहेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताए ।

खाली रहेका पाखो बारीमा पनि सुपारी खेती फस्टाउन थालेपछि किसानले व्यावसायिक खेतीका लागि अध्ययन गर्न माग गरिएको छ ।यसअघि, फाट्टफुट्टरुपमा सुपारी खेती हुने भएपनि व्यावसायिक रुपमा खेती गरिएको थिएन ।

स्रोत : इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *