Sajhamanch Archive

धरानका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by .

धरान । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज राति एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

गत कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *