Sajhamanch Archive

थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको मा ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *