Sajhamanch Archive

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोना भाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ आज भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।

अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *