Sajhamanch Archive

झापामा थप ११ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिनेमा २ महिला र ९ पुरुष रहेका छन् ।

मेचीनगरमा एक महिला र ४ पुरुष गरी पाँच जना, बिर्तामोडमा एक महिला र दुई पुरुष गरी तीन जना संक्रमित थपिएका छन् ।

त्यस्तै भद्रपुरका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुले मेची प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *