Sajhamanch Archive

प्रदेश १ मा ७१ जना पत्रकारलाई कोरोना

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा ७१ जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ।

केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको छ। प्रदेश १ मा सबैभन्दा धेरै पत्रकार मोरङ, सुनसरी र झापामा संक्रमित भएका छन्। संक्रमण पुष्टि भएकामध्ये मोरङका १० जनासहित प्रदेश १ का २९ जनाको आइसोलेसन र अस्पतालमा उपचार भइरहेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी अध्यक्ष विक्रम लुइँटेलले समुदायमा कोरोना फैलिएसँगै पत्रकारहरु पनि उच्च जोखिमा परेको जानकारी दिए। अध्यक्ष लुइँटेलका अनुसार सबैभन्दा धेरै सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै मोरङका २७ जना पत्रकारमा संक्रमण पुष्टि भएको छ।

उता झापामा ७ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी धनकुटा इलाम, ओखलढुंगा र उदयपुरमा समेत कोरोना देखिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *