Sajhamanch Archive

राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

Published: in खेलकुद by .

एजेन्सी । बेन स्टोक्सको अलराउन्ड प्रदर्शनको मद्दतमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर भेटायो ।

राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गरे । सन्जु सामसन अर्धशतक बनाउन दुई रनले चुके । रोबिन उथप्पाले ३० रन बनाउँदा स्टिभ स्मिथ ३१ र जोस बटलर २२ रनमा नटआउट रहे । बलिङतर्फ मुरुगान आश्विन र क्रिस जोर्डनले १–१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुके । ६३ बल सामना गरेका उनले ९९ रन बनाए । यसैगरी केएल राहुलले ४१ बलमा ४६ रन बनाए । निकोलस पुरनले २२ रन बनाउँदा ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा नटआउट रहे ।

बलिङतर्फ जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *