Sajhamanch Archive

ताप्लेजुङको उकाली पानीमा सामुदायिक होमस्टे सञ्चालन हुने

Published: in राष्ट्रिय समाचार by .

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ५ उकालीपानीमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ ।

सदरमुकाम फुङलिङ बजार नजिकै रहेको उकाली पानीको गुरुङ बस्तीमा होमस्टे सञ्चालन हुने भएको हो । सामुदायिक होमस्टेका लागि नारायण गुरुङको अध्यक्षतामा १० सदस्य कार्यसमिति गठन गरिएको छ । होमस्टेका लागि झण्डै २० देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने कार्यसमितिले अनुमान गरेको छ ।

गुरुङ बस्तिका १० परिवारमा तिहार लगत्तै होमस्टे सञ्चालनमा ल्याउने अध्यक्ष नारायण गुरुङले बताए । होमस्टे सञ्चालनपछि पर्यटन प्रवद्र्धन र स्थानीयको आम्दानी पनि बढ्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *