Sajhamanch Archive

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

तनहुँ । तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको छ ।

हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएर करिब तीन सय मिटर तल खसेको थियो ।

‘मानहुँकोट’ पनि भनिने मानुङकोट रमणीय दृष्य अवलोकनका लागि आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । दशैं विदाको बेला पर्यटकहरुको अत्यधिक भीड भएपछि आगन्तुकहरुको कोटा तोकिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *