बुद्धशान्तिका कोरोना संक्रमितको बिएण्डसीमा मृत्यु
Published: (Updated: )
by .विर्तामोड । झापामा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङ रहेका छन् । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए ।
उनको आज बिहान ७ बजे बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बुद्धशान्तिमा २ र झापामा ८६ पुगेको छ ।
Comments