Sajhamanch Archive

विदेशमा ९१ प्रतिशत संक्रमित नेपाली कोरोनामुक्त

Published: in परदेश (प्रवास) by .

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ ।

समितिका अनुसार कोरोना भाइरसका कारणले हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४ जना, युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ । भारतमा निधन भएका ४० जनामध्ये १० जना महिला भएको नयाँ दिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा। सागर पौडेलले जानकारी दिएको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा। सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ । हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने तीमध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *