बिर्तामोड़मा विधालय सञ्चालनका लागि ५ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन
Published: (Updated: )
by .विर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना अनुमति पेश गर्न निर्देशन दिएको छ ।नगरको शिक्षा शाखाले सरकारले हालै जारी गरेको विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा बमोजिम कार्ययोजना पेश गर्न निर्देशन दिएको हो । सामुदायिक र संस्थागत विधालयले बुझाउने कार्ययोजनाका आधारमा विधालय सञ्चालनको अनुमति दिइने उपसचिव तिलचन भण्डारीले जानकारी दिए ।
विधालय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने, कक्षाको समय र घण्टी छोट्याएको हुनुपर्ने, फरक–फरक समयमा कक्षा सञ्चालन गर्नुपर्ने, जोखिम र सहजतालाई ख्याल गरेर कक्षा लिनुपर्ने, बाँकी कक्षाहरु दिन विराएर सञ्चालन गर्नुपर्ने, हप्तामा केहि दिन र दिनमा केहि घण्टा मात्र कक्षा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सवारी साधन प्रयोग गर्ने विधालयहरुले स्वास्थ्य मापदण्ड पालना गर्न प्रतिबद्धता जनाउनुपर्ने छ । विधालयले तयार गर्ने कार्ययोजना कार्यान्वयन गर्न नगरस्तरीय अनुगमन समिति, वडास्तरीय अनुगमन र विधालयस्तरीय अनुगमन हुनेछ ।
Comments