न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन
Published:
by .काठमाडौं । न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
उनको नाम समितिबाट अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।नेपाल बार एसोसियसनका तर्फबाट परिषद्मा उनको नाम प्रस्तावित गरिएको थियो । न्याय परिषद् सदस्यको कार्यकाल चार वर्षको हुनेछ । कार्यकाल सकेर रामप्रसाद सिटौला परिषद्बाट बिदा भएपछि रिक्त रहेको स्थानमा श्रेष्ठ न्याय परिषद् सदस्य बनेका हुन् । श्रेष्ठ यसअघि पनि न्याय परिषद् सदस्य रहिसकेका छन् ।
Comments