कोरोनाबाट झापामा थप एक महिलाको मृत्यु
Published: (Updated: )
by .दमक । कोरोना सङ्क्रमणबाट झापामा थप एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको दमक नगरपालिका ३ बस्ने ८२ बर्षिया वृद्धा महिलाको उपचारका क्रममा मङ्गलवार बिहान धरानस्थित बिपी कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो । संक्रमित भएका उनलाई केही दिन अघि उपचारका लागि धरान पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । उनको अन्त्येष्टिका लागि अहिले शव ल्याउने काम भइरहेको जनाइएको । योसँगै दमकमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
Comments