पाँचथरको एकीकृत बस्ती अझैं अलपत्र
Published:
by .
पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ ।
निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् । तीन वर्षअघि पहिरोबाट विस्थापित भएका ३ र ४ नम्बर वडाका स्थानीयका लागि फालेलुङ गाउँपालिका र १ नम्बर प्रदेश सरकारको सहयोगमा बस्ती निर्माण गरिएको हो । तर, अझै आवश्यक पूर्वाधार भने निर्माण हुन सकेको छैन ।
प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटमा १५ घर निर्माण भएका छन् । तीन वर्ष अघि गएको पहिरोबाट ४८ परिवार विस्थापित भएका थिए । एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । यता, आवश्यक पूर्वधारहरु पुरा गरेर तत्कालै बस्ति हस्तान्तरण गर्ने तयारी भईरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले वताउनु भएको छ।
चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको वडा अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनु भयो ।
उज्यालो नेटवर्क
Comments