वामदेव गौतम र रामबहादुर थापा तटस्थ
Published: (Updated: )
by .काठमाण्डौ – सत्तारुढ नेकपाका नेताहरु आ(आफ्नो कित्ता प्रष्ट पारेर दुई समूहमा लागेका छन् । तर उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल अझै तटस्थ छन् ।
मंगलबार ओली र प्रचण्ड–नेपाल समूहको बैठकमा उनीहरु सहभागी भएनन् । ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन् । दुवै नेता आन्तरिक छलफलमै रहेका छन् ।
मंगलबार गौतम निवास भैंसेपाटीमा गौतम र थापाबीच केहीबेर छलफल भएको थियो । गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन् । उनीहरु निकटका केन्द्रीय सदस्यहरू भने प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका छन् । पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन् ।
उज्यालो
Comments