आजबाट कुवेतमा कोरोना विरुद्धको खोप लगाइने
Published:
by .काठमाण्डौ । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ ।
वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।
खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिनुभयो । उहाँले एकरएक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताउनुभयो ।
उज्यालो
Comments