Sajhamanch Archive

विश्वविद्यालयको सिस्टम ह्याक गर्ने दुई कर्मचारी निलम्बित

Published: in मिडियाबाट साभार by .

काठमाडौं । अनधिकृत व्यक्ति पसेर परीक्षा शाखाका इन्जिनियरिङ तर्फको सफ्टवेर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई आगामी सातादेखि सञ्चालन हुने स्नातक तहको परीक्षामा चुनौती भएको छ।

विश्वविद्यायलयको पोखरा ढुंगेपाटनमा रहेको केन्द्रीय कार्यालय परिसरमा रहेको परीक्षा नियन्त्रण कार्यालयको गोप्य कक्षमा गत मंगलबार साँझ ७ बजे पसेका दुईजनाले आन्तरिक सफ्टवेर सिस्टम ह्याक गरेका हुन्।

घटनाका छानबिनका लागि विश्वविद्यलायले प्रहरीमा उजुरी गरेपछि बिहिबार एक कमचारी पक्राउ परेका छन् भने अरु दुई जना फरार रहेका छन् । सिस्टम ह्याक गर्ने इन्जिनियरिङ संकायको ल्याबमा कार्यरत सहायक प्रशासक अमृत थापा र हेल्थ एन्ड एप्लाइठ साइन्स संकायमा कार्यरत कार्यालय सहयोगी जीवन फुँयाललाई निलम्बन गरेको हो। उनीहरुले प्रश्न पत्र आउट गर्ने र विद्यार्थीको अंक तलमाथि गर्नका लागि यसो गरेको विश्वविद्यालयले जनाएको छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *