लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी
Published:
by .काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । सदरमुकाम धुन्चेभन्दा तल रहेको जङ्गलमा आगलागी भएको हो ।
बिहीवार बिहान ९ बजेतिर जङ्गलमा आगलागी भएको हो । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक डीएसपी देवेन्द्र पाण्डेले बताए ।
स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको उहाँको भनाइ छ । बिहान जङ्गलमा आगो लागेको देखेपछि हाकु प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो ।
खबर पाउनेबित्तिकै निकुञ्जका टोली, सुरक्षाकर्मी र स्थानीयवासी आगो लागेको क्षेत्रमा गएका थिए । मानव बस्तीभन्दा केही तल आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट अहिलेसम्म मानवीय तथा पशुचौपायाको क्षति भएको छैन ।
उज्यालोबाट
Comments