माधवकुमार नेपालको ओलीलाई प्रतिप्रश्न ; तपाईं नै प्रचण्डको मतियार
Published: (Updated: )
by .काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डको मतियार भएको प्रति आरोप लगाएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै नेता नेपालले ओलीलाई पार्टी एकताले ओलीलाई प्रचण्डको मतियारको रूपमा उभ्याएको बताएका हुन् ।
नेता नेपालले आज स्पष्टीकरण पत्र बुझाएको बताइएको छ ।
“ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने , यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र , तर यस्तो दृष्टिकोण ममा छैन,” उनले भने ।
बाह्रखरी
Comments