स्थानीयले सयौं गाई–गोरु लिएर नगरपालिका र सिडियो कार्यालय घेर्न पुगेपछि…..
Published: (Updated: )
by .बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाका स्थानीयले गाई–गोरुसहित धर्ना दिएका छन् । गाउँघरलगायत बजार क्षेत्रमा दिनहुँ बेवारिसे गाई–गोरुको संख्या बढेसँगै दुर्घटनाको जोखिम बढेको बताउँदै उनीहरूले यस्तो धर्ना दिएका हुन् ।
उनीहरूले छाडा चौपायको दीगो व्यवस्थापनको माग राख्दै गुलरिया नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयअगाडिको सडकमै गाई–गोरु भेला पारेर धर्ना बसेका हुन् ।
गुलरिया नपा–७ का अभिनन्दन यादवका अनुसार गाउँघर र बजारमा छाडा छाडिएका चौपाय सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । उनले छाडा गाई–बस्तुकै कारण सडकमा दुर्घटनाको जोखिम बढेको बताउँदै आफूहरू बाध्य भएर धार्नमा बसेको बताए ।
३ सयभन्दा बढी बेवारिसे छाडा गाई–बस्तु ४ घन्टासम्म सडकमा राखेर धर्ना बस्दा सो क्षेत्रको यातायात ठप्प भएको थियो ।
स्थानीयले छाडा छाडिएका गाई–बस्तु घरसम्म आइपुग्ने, मानिसलाई हान्ने तथा खेतबारीमा लगाएको बालीनाली खाएर नष्ट गर्ने गरेकाले आफूहरू हैरान भएको भन्दै गुनासो गरेका छन् ।
यहाँका ८ वटै स्थानीय तहमा बेवारिसे छाडा पशुको समस्या विकराल बन्दै गएको छ ।
Comments