सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ […]
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । ९ […]
मौसम परिवर्तन भएलगत्तै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन् । शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्न थाल्छन् । भाइरल इन्फेक्सन […]
काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट पहिलो चरणको खेल सकिँदैछ । आज २ खेल भएपछि पहिलो चरणको खेल सकिनेछन् । अघिल्लो शनिबारबाट सुरु भएको उक्त लिगमा आज पनि २ खेल हुनेछन् । पहिलो खेल साढे १२ बजेबाट हुनेछ भने दोस्रो खेल साढे २ बजेबाट हुनेछ । पहिलो खेलअन्तर्गत रुस्लान थ्रिस्टार […]
इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित एक गुफाभित्र विश्वको सबैभन्दा पुरानो भित्तेचित्र फेला परेको छ । गुफाभित्रको भित्तामा कोरिएको उक्त चित्र साढे ४ मिटर चौडा रहेको छ । सिङ भएको एउटा जनावर र त्यसलाई खेदिरहेको एउटा सिकारीको उक्त चित्र ४४ हजार वर्ष पहिले बनाइएको निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । बुधबार विश्व चर्चित नेचर पत्रिकामा यस भित्तेचित्रसम्बन्धी विशेष शोधपत्र […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिका, विभागहरु गठन र भ्रातृसंगठनको भागबन्डाका विषयमा थप छलफल हुँदैछ। गत मंसिर २६ गते शुरु भएको बैठकमा महाधिवेशन र विभाग गठनका विषयमा छलफल भएपनि सस्थापन पक्ष र सस्थापन बाहेकका समुहबीच सहमति जुट्न सकेको छैन्। सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनको […]
सिरियामा भएको हवाइ हमलामा २२ जनाको मृत्यु भएको छ । इडलिब सहरमा रुसी समर्थक सरकारी सेनाले उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको सहरमा आक्रमण गरेको समाचारमा जनाइएको छ । सेनाले गरेको हवाइ हमलामा केही बालबालिकाको पनि मृत्यु भएको छ । सेनाले विद्रोहीमाथि कारवाही गर्न गरिएको भनिएको हमलाका कारण इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ […]
नायिका करिना कपुर चलचित्र ‘गुड न्यूज’को प्रमोशनमा व्यस्त छिन् । डिसेम्बर २८ तारिखमा यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको प्रमोशनको क्रममा उनलाई दोश्रो सन्तानको बिषयमा पनि प्रश्न सोधिएको छ । करिनाका छोरा तैमुर मिडिया लाइमलाइटमा छन् । उनलाई पापाराजीहरुले खुबै पछ्याउँछन् । यसैले पनि सानो उमेरमै तैमुर सेलिब्रिटी भैसकेका छन् । करिनाले दोश्रो सन्तानको बिषयमा […]
फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ मै प्रदर्शनका लागि तयार रहेको यो फिल्मको पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि रिलिज डेट पोस्टपोन्ड भएको थियो । अब, फागुन ३० गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा फिल्म आधारित रहेको बताइएको छ […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको बताएका छन् । मन्त्री कार्कीले नेपालको शिक्षा स्वाथ्य तथा कानून सम्बन्धी नीतिलाई अप्ठयारो दाबी छ ।विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको पैसा खाएर यस्तो […]