Sajhamanch Archive

नेपाल श्रीलंकासँग स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल श्रीलंकासँग स्तब्ध.

काठमाडौं । १३औं साग अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंका यू-२३ सँग नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरमा ४ विकेट गुमाएर भेट्टायो । एक समय श्रीलंकालाई नियन्त्रणमा राख्न सफल नेपाल फिल्डिङमा चुक्दा हार्न पुर्‍यो । कप्तान ज्ञानेन्द्र मल्ल क्याच मिस हुनुलाई नेपालको खराब दिन […]

हेलिकोप्टरबाट वन्यजन्तुको अंग तस्करी गर्ने महिला पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हेलिकोप्टरबाट वन्यजन्तुको अंग तस्करी गर्ने महिला पक्राउ.

काठमाडौं । हेलिकोप्टरमार्फत प्रतिबन्धित वन्तजन्तुको अंग तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं.५की २९ वर्षीया सम्झना बुढा छन् । आज बिहान करिब ९ बजे सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोरखाबाट घापबाट काठमाडौं आएकी उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डीआईजी सुर्य उपाध्यायले […]

सलमानसँग बाँधिदैछ साराको जोडी ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सलमानसँग बाँधिदैछ साराको जोडी ?.

अभिनेता सलमान खान अहिले आफ्नो बहुप्रतिक्षीत फिल्म ‘दंबग ३’ को प्रचारमा व्यस्त छन् । यसमा उनीसँगै सई मन्जरेकर, सोनाक्षी सिन्हा, किच्चा सुदीपलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको अघिल्ला दुबै श्रृंखला सुपरहिट भएका थिए । तेस्रो श्रृंखलालाई पनि रिलिज अगावै सुपरहिट भनिन थालिएको छ । चर्चित कोरियोग्राफर प्रभु देवा यसका निर्देशक हुन् । सलमान ‘दंबग […]

बागलुङ जीप दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बागलुङ जीप दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत.

बागलुङ । बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये १० जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका वडा नं.५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा वडा नं.४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना […]

पाँचथरमा आगलागी हुँदा वृद्धाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा आगलागी हुँदा वृद्धाको ज्यान गयो.

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं.३, मेमेङमा घरमा आगलागी हुँदा एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो । टंकरानी घरमा एक्लै बस्दै आएकी थिइन् । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए । वृद्धाको शव जलेको अवस्थामा भेटिएको […]

ऋतिक रोशनले सेयर गरे आफ्नो मुटुको फोटो

Published: in टिप्स/जानकारी by . Leave a Comment on ऋतिक रोशनले सेयर गरे आफ्नो मुटुको फोटो.

बलिउड अभिनेता ऋतिक रोशनले सोमबार अबेर राती इन्स्टाग्राममा आफ्नो मुटुको फोटो सेयर गर्दै एक भावुक मेसेज लेखेका छन् । उनले लेखे, ‘मेरो मुटुको आकार । साँच्चै । हामी सबै कति कमजोर छौं । हामीले जीवनको आधा समय यत्तिकै खर्च नगरिकनै हरेक समय सबैलाई प्रेम गर्ने कोसिस गर्न सकिएको भए । हामी कति सजिलै बिर्सन्छौं कि […]

अनलाइनबाट ठगी गर्ने दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनलाइनबाट ठगी गर्ने दुई जना पक्राउ.

काठमाडौं । अनलाइनबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २२ वर्षीय अमिर थापा र भक्तपुरका २४ वर्षीय अमन अवाल रहेका छन्। उनीहरुलाई अनलाइनबाट ठगी गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए। उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएपमा भारतीय मोबाइल नम्बर प्रयोग गर्दै आईफोन, ल्यापटप, क्यामरा, घडी, […]

एनएमसीको लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीको लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम.

बिर्तामोड । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज बिर्तामोडमा सचेतना कार्यक्रम गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । समितिका संयोजक हेमा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती रहेका थिए । संयोजक सिटौलाले आयोजनाको औचित्य माथि प्रकाश […]

धुलाबारीमा सुवेदी र अधिकारीको काँकडभिट्टा कलेक्सन सञ्चालनमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलाबारीमा सुवेदी र अधिकारीको काँकडभिट्टा कलेक्सन सञ्चालनमा.

धुलाबारी । पछिल्लो समय युवा युवतीहरुको मागलाई मध्ये नजर गर्दै पुर्व क्षेत्रको मुख्य व्यापारिक केन्द्र धुलाबारी बजारमा काँकडभिट्टा कलेक्सन सञ्चालनमा आएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै उक्त पसलको आज विधिगत रूपमा उद्घाटन गरिएको हो । झापाको मेचीनगर नगरपालिका वडा नं.७ निवासी युवा व्यवसायी सुरज सुवेदी र अनिल अधिकारीले करिब ५ लाखको लागतमा मेचीनगर नगरपालिका […]

‘नायक–नायिकाको पारिश्रमिक अन्तरले मलाई रिस उठ्दैन’ : कट्रिना

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘नायक–नायिकाको पारिश्रमिक अन्तरले मलाई रिस उठ्दैन’ : कट्रिना.

बलिउडमा नायक र नायिकाविचको पारिश्रमिकको अन्तर छ । नायकले लिने पारिश्रमिकको तुलानामा नायिकालाई निकै नै कम पारिश्रमिक दिइन्छ । यो बिषयमा लामो समयदेखि बहस हुँदै आएपनि यो अन्तर कम भएको छैन । बलिउडका नायिकाहरुले समय–समयमा यो बिषयमा आवाज उठाउँदै पनि आएका छन् । यो बिषयमा नायिका कट्रिना कैफले पनि आफ्नो मुख खोलेकी छिन् । कट्रिना […]