वीरगञ्ज । प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाबाट १७ लाख ६० हजार ६५० रुपैयाँ बराबरको छोकडा र मरिच नियन्त्रणमा लिएको छ । गैरकानुनी तवरले नेपालबाट भारततर्फ लैजादैं गर्दा छोकडा, मरिचसहितको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । छिपहरमाई वडा नं.५ भिष्वा बजारबाट छोकडा, मरिचलगायत सामान लोड गरेर ना४त ५३२२ नं.को ट्याक्टर भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको जिल्ला […]
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । कांग्रेसका तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गरेका हुन् । कांग्रेसकका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गरे भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरेका […]
कपिलवस्तु । पशुपति समशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवारले कपिलवस्तुको शिवराज वडा नं. १० मा शून्य मत पाएका छन् । राप्रपा संयुक्तका उम्मेदवार ५३ वर्षीय नुर मोहम्मद मनिहारले आफ्नै मतसमेत पाएनन् । यो वडामा कुल १७ सय २२ मत खसेको थियो । राष्ट्रिय जनता पार्टी नेपालकी मन्जू मिश्र ८६८ मतसहित वडाध्यक्ष निर्वाचित भएकी […]
खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका […]
बिर्तामोड । बिर्तामोड ६ स्थित एभरेस्ट स्माट स्कुलमा रहेको बाल क्लबले शुक्रबार विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत हप्ता मात्र गठन गरिएको सगरमाथा टिन्स क्लबले विद्यालय बाट महेन्द्र राजमार्ग सम्मको लगभग ५०० मिटर क्षेत्र र विद्यालय परिसरमा सरसफाइ गरेको क्लबका सदस्य मनिष न्यौपानेले बताए। विद्यार्थीहरुलाइ सरसफाइ र समाजसँग जोड्न सहयोग होस भनेर […]
पछिल्लो समय नेपालमा बलिउड सेलिब्रेटीको आगमन निकै बढेको छ । केही हप्ता अगाडि मात्र अभिनेता गोविन्दा नेपाल आएका थिए । उनीभन्दा अगाडि अभिनेता सुनिल शेट्टी, आमिर खान, अक्षय कुमार, अभिनेत्री करिश्मा कपूर, कमेडियन कपिल शर्मालगायतका थुप्रै बलिउड सेलिब्रेटीले नेपाल भ्रमण गरिसकेका छन् । यसबीच, अभिनेत्री डेजी शाह पनि नेपाल आएकी छन् । सलमान खान स्टारर […]
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं.१४ मा रहेको भालुखोप भन्ने ठाँउमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । भालुखोपबाट लुङरुप्पा भन्ने ठाँउतर्फ जाँदै गरेको मे १ त ५७८१ नम्बरको ट्र्याक्टर आज अनियन्त्रित भएर सडकबाट झण्डै २५ मिटर तल खस्दा ट्याक्टरका चालक १८ वर्षीय अविनास राईको घटनास्थलमै […]
खोटाङ । खोटाङमा चार वटा एक्स्काभेटरमा आगजानी भएको छ । शनिबार राति मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा कालोपत्रेको काम गरिरहेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको एक्स्काभेटरमा आगजनी भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.८, दोर्पाचिउरीडाँडाको लप्सेखोला र पंखुखोलाबीचमा राखिएका तीन वटा र चखेवाभन्ज्याङबाट २ किलोमिटर भोजपुरतर्फ राखिएको एउटा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधि आङसाङगे शेर्पाले […]
काठमाण्डौ । शनिबार भएको उपचुनावअन्तर्गत एउटा प्रदेश सभा र ३९ वटा वडाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई केही ठाउँ फाइदा भएको छ भने केही ठाउँ चाहिँ गुमाउनु परेको छ । प्रदेश सभामा सत्तारुढ नेकपाको एउटा सिट गुमेको छ । कांग्रेसले एक सिट थपेको छ । उपचुनाव भएको तीन […]
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा र नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन् । आज पार्टी मुख्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालीन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी आफूले लिने बताएका हुन् […]