Sajhamanch Archive

शिखर साकोसको शेयर पूँजी ४ करोड ४४ लाख

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on शिखर साकोसको शेयर पूँजी ४ करोड ४४ लाख.

बिर्तामोड । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेफ्स्कुनका अध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष दिपेन्द्र राउतले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५४ करोड ४६ लाख ९९ हजार ३१८ रुपैयाँको वासलात बनाएको उल्लेख […]

गाडीको ठक्करबाट एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाडीको ठक्करबाट एक जनाको ज्यान गयो.

काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सिभिल अस्पतालमा कार्यरत् चिकित्सक प्रभु जोशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका जोशीलाई नजिकै रहेको उनी कार्यरत् अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।ठक्कर दिने सवारी साधानको पहिचान भएको छैन । ‘बिहान पौने […]

अरूलाई देखाउन यस्तो नाटक गर्छन् आमिर र सलमान : अनिल कपुर

Published: in टिप्स/जानकारी by . Leave a Comment on अरूलाई देखाउन यस्तो नाटक गर्छन् आमिर र सलमान : अनिल कपुर.

भारतको ५० औं अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा अनिल कपुर र अनिल बज्मीले पनि भाग लिए । उक्त महोत्सवको तोस्रो दिन टिस्का चोपडाले अनिल कपुरसँग एक विशेष साक्षात्कार गरेकी छिन् । टिस्काले अनिललाई कुराकानीकै क्रममा सोध्छिन्, ‘फिल्मी क्षेत्रका कलाकारले थोरै सफलता हाँसिल गरेपछि, घर, गाडी खरिद गरेपछि कामलाई हल्का रुपमा लिन्छन्, तपाईंलाई के लाग्छ, यस्ता कलाकार […]

सामुहिक बलात्कारका मुख्य अभियुक्त तीन वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामुहिक बलात्कारका मुख्य अभियुक्त तीन वर्षपछि पक्राउ.

कपिलवस्तु । कपिलवस्तुमा तीन वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन् । घटना पछि फरार रहेका मायादेवी गाउँपालिका वडा नं. १ का २१ वर्षीय कलामुद्दिन मुसलमान शनिबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । घटना पछि फरार भएका कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले […]

अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड.

बाग्लुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले बताए । बाग्लुङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक […]

सेल्फी किङ’ सँग भिड्दै ‘साङ्लो’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सेल्फी किङ’ सँग भिड्दै ‘साङ्लो’.

सिंगल थिएटरका ‘बादशाह’ मानिने अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टार फिल्म […]

सरकार समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकार समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई.

नेपालगञ्‍ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन्। नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे। सरकारको नारालाई देश विदेशमा पुर्‍याउन नेपालगञ्ज म्याराथनले सहयोग पुर्‍याउने विश्वास […]

जागिर लगाइदिने बहानामा बलात्कारको प्रयास, दुई महिलासहित तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जागिर लगाइदिने बहानामा बलात्कारको प्रयास, दुई महिलासहित तीन जना पक्राउ.

ललितपुर । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् । जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्‍याइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन् । ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका […]

 राजाको छोरा राजा हुने दिन गए : गगन थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on  राजाको छोरा राजा हुने दिन गए : गगन थापा.

पोखरा । काठमाडौंदेखि कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन्। पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले राजाको छोरा राजा हुने व्यवस्थाको अन्त्य भरखरै भएकोले त्यस्तै प्रकृतिको प्रथा नेकपाले रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा उनकी पत्नी विद्या भट्टराईलाई चुनावमा उठाएर […]

‘प्रेम संसार’ ट्रेलरमा प्रेम र विछोडको कथा (भिडियो)

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘प्रेम संसार’ ट्रेलरमा प्रेम र विछोडको कथा (भिडियो).

मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित लभस्टोरी फिल्म ‘प्रेम संसार’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । नव-अभिनेता प्रेम सोनी र नव-अभिनेत्री आयुष्मा कार्कीको प्रेममा आउने उतारचढाव फिल्म केन्द्रित छ । ट्रेलरमा दुईको प्रेम र विछोड देखाइएको छ । फिल्ममा प्रेम र आयुष्मासँगै कविता […]