काठमाण्डौ । नेपालमा पनि जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । डेंगी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुन्छ । नेपालमा यो वर्ष डेंगीको संक्रमण धेरै भएको र अझै डेंगी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिएका छन् । अहिले भारतको […]
काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तरगत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सागमा सहभागी ७ राष्ट्रमध्ये ५ वटाले मात्रै भाग लिने भएका छन् । भारत र पाकिस्तानले पुरुष क्रिकेटमा सहभागी नभए सगै ५ देशबीच राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिता हुने छ। सार्वजनिक खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान […]
बैतडी । मोटरसाइकलको ठक्करबाट बैतडीमा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका वडा नं.३ पंसेराका ६० वर्षीया तुलसी खत्री रहेकी छन्। गोकुलेश्वरवाट गन्ना जाँदै गरेको मोटरसाइकले पैदल हिँडिरहेकी खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। गोकुलेश्वर–गन्ना सडकखण्डको पंसेरामा शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी […]
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या गरेका छन्। स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन्। हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल […]
संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’ को सीजन ११ मा नर्फकने बताइएको छ । भारतका केही सञ्चार माध्यमहरुले उनी तीन हप्ताको छुट्टीमा रहेको र तीन हप्तापछि शोमा फर्किने समाचार प्रकाशित गरेका थिए । उनीमाथि लागेको यौन शोषण गरेको आरोपका कारण शोबाट निकालिएको थियो । बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास […]
मकवानपुर । एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइकेसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका वडा नं.४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका वडा नं.४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका वडा नं.९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज […]
काठमाडौँ । भूकम्पबाट ध्वस्त भएको धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको छ । हालसम्म तेस्रो तलाको ढलान सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले धरहराको तेस्रो तलाको ढलान सम्पन्न भएको बताए । उनले धरहरा निर्माणको कामले गति लिइरहेको बताउँदै सुन्धारास्थित गोश्वारा हुलाक […]
यूएईमा भइरहेको टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । पारस आवद्ध टिम आबुधाबी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा सन्दीप लगातार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै […]
काठमाडौं । नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा भएको सीमा सुरक्षा बैठक सकिएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो । छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदनप्रदानको विषयमा मात्रै केन्द्रित भयो । […]
काठमाण्डौ । तत्कालीन सशस्त्र द्वन्द पीडितहरुले लामो समय भैसक्दा पनि दोषीलाई कारबाही गरी लुटिएको सम्पत्ति फिर्ता गर्न चासो नदेखाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोश पोखेका छन् । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा द्वन्द्व पीडित ‘साझा चौतारी’ले बिहीबार काठमाण्डौमा गरेको कार्यक्रममा उनीहरुले राजनीतिक दलका नेताले सत्तामा पुगेपछि आफ्नो […]