Sajhamanch Archive

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक.

काठमाडौं । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । राजधानी […]

सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’.

काठमाडौं। बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित […]

१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै.

काठमाडौं । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक […]

प्रदूषण फैलाउने संस्था कारबाहीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदूषण फैलाउने संस्था कारबाहीमा.

काठमाडौं।  देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो । रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् । सरकारले तोकेको […]

प्रदेश प्रमुख अधिकारीद्वारा सुखानीका शहीदको शालिकमा माल्यार्पण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश प्रमुख अधिकारीद्वारा सुखानीका शहीदको शालिकमा माल्यार्पण.

अर्जुनधारा । प्रदेश १ का नवनियुक्त प्रमुख सोमनाथ अधिकारी प्यासी आज झापा आएका छन् । उनले झापाको अर्जुनधारा र इलामको माई जोगमाईको सीमानामा रहेको सुखानी शाहदतस्थलको भ्रमण गरे । प्रदेश १ को प्रमुखमा नियुक्ति पछि आज झापा आएका उनले शहीद शहादतस्थल सुखानी र सुखानी पार्कमा रहेका शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो अवसरमा […]

लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारी.

गोरखा । लाप्राकको गुप्सीपाखामा बन्दै गरेको एकीकृत नमुना बस्तीका घर लाभग्राहीलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । लाभग्राही छनोट गरी जग्गाको लालपूर्जासहित घर हस्तान्तरणको लागि अन्तिम चरणको काम सुरु भएको हो ।५ सय ७३ लाभग्राहीका लागि घर निर्माण गरिए पनि अहिले लाभग्राहीको संख्या हेरफेर भएको हुन सक्ने भएकाले अन्तिम छनोट थालिएको हो । अन्तिम […]

भोजपुरमा भालुको पित्त ओसारपसार गर्ने एक महिला पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोजपुरमा भालुको पित्त ओसारपसार गर्ने एक महिला पक्राउ.

भोजपुर । भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छिन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नंं.२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा मुद्दा दर्ता भएर गएको कात्तिक ७ गते काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि ती […]

नेपालबाट लगानी फिर्ता लैजान आएनन् उत्तर कोरियाली लगानीकर्ता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालबाट लगानी फिर्ता लैजान आएनन् उत्तर कोरियाली लगानीकर्ता.

काठमाडौं । नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन् । विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो । यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी […]

पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीन.

काठमाडौं। खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्। दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये […]

तितेपातीको तेल उत्पादन सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तितेपातीको तेल उत्पादन सुरु.

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको […]