सिन्धुपाल्चोक। ‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो। बा२ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ। घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शी सन्तोष पनेरुले जानकारी दिएका छन्। […]
झापा । सूचना प्रणलीको उचित उपयोग गर्न नसक्दा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमले झापालीलाई आकर्षण गरेको पाइएको छैन । वितरण सुरू गरिएको चार महिना पूरा भए पनि राष्ट्रिय परिचयपत्र बनाउने झापालीको सहभागिताले फड्को मार्न सकेको छैन । यो अवधिसम्म आइपुग्दा नागरिकको चहलपहल भने घट्दै गएको देखिन्छ । नागरिकले यसको महत्व चाल नपाएर र प्रचार प्रसार पनि […]
मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्था मेचीनगरको चौथो साधारणसभाले निलकण्ठ तिवारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साविक बाहुनडाँगी गाउँ विकास समिति अन्तरगत बनेको मेचीनगर नगरपालिका वडा नम्वर १, २, ३ र ४ को १७ सय हेक्टर जमिनमा सिंचाईको व्यवस्थापन गर्ने गरी सञ्चालित सिंचाई जल उपभोक्ता संस्थाको सबै पदमा सर्वसम्मत नेतृत्व निर्वाचित गरिएको हो […]
बिर्तामोड । अन्तर्राष्ट्रिय बडिबिल्डिङ्ग च्याम्पियनसिपका नेपाली प्रतियोगी राम दाहाललाई बिर्तामोड नगरपालिका, नगर खेलकुद समितिद्वारा जीतको शुभकामनासहित आज बिदाई गरेको छ । दुवईको फुजेरामा यही नोभेम्बर ६ तारिकदेखि शुरु हुने विश्व च्याम्पियनसिपमा ६० केजी तौल समूहमा दाहालले प्रतियोगीका रुपमा सहभागिता जनाउने तय भएको हो । खेलाडी दाहाललाई आज आइतबार नगरपालिकाले एक कार्यक्रमका बीच विदाइ गरेको हो। […]
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको आजबाट थुनछेक बहस सुरु हुँदैछ । बन्द इजलासमा थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनको थुनछेक बयान पनि न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भएको थियो । संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो […]
झापा । प्रदेश १ कै ठूलो जनसहभागिता रहने छठपूजा स्थलका रूपमा परिचित भद्रपुरको मेची नदीमा भव्यताका साथ छठ पूजा सम्पन्न गरिएको छ । सबै जातजातिको प्रतिनिधित्व हुनेगरी समावेशीरूपमा गरिएको पूजामा हिजो अस्ताउँदो सूर्यलाइ अर्घ दिई सुरू भएको पूजा आज उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो । भद्रपुरस्थित मेची पूलको उत्तर दक्षिण झण्डै तीन किलोमिटर […]
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं.१, अरूणखोला र दुम्किबासबीच जंगलमा शनिबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका वडा नं.४ का ३० […]
बलिउडका सर्वाधिक सफल अभिनेता शाहरुख खान शनिबारबाट ५४ वर्षका भएका छन् । भारतमा मात्र नभएर विश्वभर छरिएर रहेका करोडौं प्रशंसकबीच ‘बादशाह’ को रुपमा परिचित उनको जन्म २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उनले निकै ठूलो संघर्षपश्चात् बलिउडमा यो स्थान हासिल गरेका हुन् । एक समय उनका फिल्मले बक्सअफिसमा जबरजस्त […]
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनी गाउँपालिका वडा नं.१ स्थित सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकापसमा ठोक्किएर दुर्घटना […]