Sajhamanch Archive

चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो.

काठमाडौं । असार २० गते रिलीज हुने भनिएको नेपाली कथानक चलचित्र ‘सानो मन’ असार २७ गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको काम नसकिएकाले प्रदर्शन मिति पछि सार्नु परेको निर्माण पक्षले जनाएको छ । “हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ”, निर्माता राजेन्द्र मानन्धरले विज्ञप्ती निकाल्दै भनेका […]

काभ्रेमा प्रहरीको गाडी दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काभ्रेमा प्रहरीको गाडी दुर्घटना.

काठमाडौं । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय बागमती गुल्मको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार पनौती नगरपालिका ७ खर्पुमा ना१ग७४४ नम्बरको गाडी दुर्घटनामा परेको हो । २१ जना प्रहरी सवार उक्त गाडी मोडमा बा१३च५०७५ जीप छलाउन खोजेर अघि बढ्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुईजना […]

पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पाकिस्तान र न्युजिल्यान्ड भिड्दै.

काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तानले अपराजित रहेको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको खेल सुरु हुनेछ । न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि छ । यदि आजको खेलमा पाकिस्तानलाई न्युजिल्यान्डले […]

काठमाडौंमा सवारी पार्किङको शुल्क, कहाँ कति ?

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौंमा सवारी पार्किङको शुल्क, कहाँ कति ?.

काठमाडौं । काठमाडौ महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ । असार १० गते पेश भएको महानगरको बजेटमार्फत सवारीसाधन पार्किङ शुल्क निर्धारण गरिएको हो । महानगरले दुई पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ शुल्क तोकेको छ । न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र […]

सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा ९ कक्षामा पढ्ने किशोर गिरफ्तार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा ९ कक्षामा पढ्ने किशोर गिरफ्तार.

सल्यान । सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका–६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो । त्ययसमा संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका–६ वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई  गिरफ्तार गरेको हो । […]

अन्जुको स्वरमा सविनको दोस्रो गीत सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on अन्जुको स्वरमा सविनको दोस्रो गीत सार्वजनिक.

काठमाडौं । पत्रकारबाट उपन्यासकारको परिचय बनाएका सविन प्रियासनले अब गीत लेखनमा पनि हात हालेका छन् । उनको दोस्रो गीत ‘गीत तिम्रो लेखीलेखी’ हालै सार्वजनिक भएको छ । सविनको शब्द र पुरुषोत्तम न्यौपानेको संगीतमा अन्जु पन्तले स्वर दिएकी छन् । एरेन्जर रिकेश गुरुङ छन् । टंक बुढाथोकीको युट्युब च्यानलमा रहेको म्युजिक भिडियोमा मोडल रिचा थापा र […]

वीरगञ्जका नगरप्रमुखमाथि हातपातको प्रयास

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वीरगञ्जका नगरप्रमुखमाथि हातपातको प्रयास.

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी माथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका हुन् । वीरगञ्ज–११ श्रीपुरमा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा सिसिटिभी र ई–हाजिरीको उद्घाटन गरेर फर्कदा चौरसियाले नगर प्रमुख सरावगीलाई दुर्व्यबहार गरेका थिए । उद्घाटन कार्यक्रम सकिएर फर्कदा […]

‘चेक बाउन्स’ को लफडाले कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘चेक बाउन्स’ को लफडाले कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी.

कपिलवस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउँस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो चामल उद्योग कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी गरिएको छ । मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर (बाउन्स) भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा जिल्ला अदालत कपिलबस्तुको रोहबरमा शिलबन्दी गरिएको जनाइएको छ । सोही वडाका भिमलाल पौडेल, इन्द्रमणि पौडेल लगायतका ब्यक्तिहरु सञ्चालक रहेको उक्त इन्ड्रस्टीजमा अदालतले दिएको बिगो […]

भारतको धौलीगङ्गा बाँध खोलिँदै, नेपाली बस्तीमा सतर्क रहन आग्रह

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतको धौलीगङ्गा बाँध खोलिँदै, नेपाली बस्तीमा सतर्क रहन आग्रह.

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लसिङ्ग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो […]

विप्लवका कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा लगाए आगो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा लगाए आगो.

कालिकोट । विप्लव समूहका कार्यकर्ताले कालिकोटको नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै आगजनी गरेका हुन्। बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका छन् । नरहरिनाथ गाउँपालिकाको वडा नं.६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन् । विप्लव […]