काठमाडौँ । देशभरको मौसम आज दिनभरजसो आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पूर्वका अधिकांश क्षेत्रमा भने सामान्य बदलीको सम्भावना छ । पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै मध्य र पश्चिमका थोरै भूभागमा पानी पर्ने […]
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानका कारण काठमाडौंलगायत देशभर बिहानैबाट सुनसान छ । मुख्य राजमार्ग तथा अन्य सडकहरुमा समेत गाडीको संख्यामा उल्लेख्य कमी आएको छ । देशैभरका शैक्षिक संस्थाका विहानी सत्रका कक्षाहरु सुचारु हुन सकेनन् । त्यस्तै उद्योग, कलकारखाना, लगायत […]
कास्की। नेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता कास्कीमा पक्राउ परेका छन्। लमजुङ सेक्रेटरी विनोद सोनाम कास्की पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेका सोनाममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।
झापा। मोटसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १ पोखिरया बस्ने ६६ वर्षीया सुभद्रा भट्टराईको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० माइधारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदलयात्री भट्टराईलाई सोमबार बिहान ठक्कर दिएको […]
सिन्धुली ।बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । खोटाङ हलेसीबाट काठमाण्डौ जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति २ बजेतिर सुनकोशी नदीको बगरमा खस्दा काठमाण्डौ महानगरपालिका–३१ नयाँबानेश्वर निवासी ६० वर्षीय अच्युत लामिछाने र उहाँकी […]
विराटनगर । मोरङ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला जनपरिषद्का प्रमुख अशोक राईसहित तीन जनलाई पक्राउ गरेको छ । उनीहरुले लुकाईराखेको दुई नाल अटोमेटिक पेस्तोल, चारथान म्यागजिन, त्यसमा लाग्ने गोली थान १४ र तीन नाल भरुवा बन्दुक, बारुद, छर्रा, नटबोल्ड, केप समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार प्रदेश १ को […]
बुटवल । प्रदेश ५ योजना आयोग उपाध्यक्षमा डा. ईश्वर गौतम नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । बुटवलका स्थायी बासिन्दा गौतम यसअघि लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख थिए । गौतमले भारतको गोरखपुर विश्व विद्यालयबाट श्रमिक व्यवस्थापन (लेबर म्यानेजमेन्ट) विषयमा विद्यावारिधि गरेका हुन् । २०१३ सालमा पाल्पाको कुसुमखोलामा […]
काठमाडौं । एकीकरणपछि भर्खरै दल दर्ता गराएको समाजवादी पार्टी नेपालले आज पार्टीको १५ बुंदे घोषणापत्र जारी गरेको छ । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र डा। बाबुराम भट्राईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले घोषणापत्रमा सङ्घीय शासन प्रणालीसहितको समाजवाद आफ्नो मार्गचित्र र मौलिक बाटो भएको उल्लेख गरेको छ । […]
अमेरिकी विदेश मन्त्री माइक पोम्पियो सोमबार भारत पुग्नेछन् । उनले भारतीय विदेश मन्त्रीका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नेछन् । पोम्पियो यस्तो समयमा भारत पुग्दैछन्, जुनबेला इरान र अमेरिकाबीचको तनाव युद्धको मुखको नजिक पुगेको छ । यद्यपि, पोम्पियोको भारत भ्रमणको तिथि पहिला नै निर्धारित थियो । उनको भारत भ्रमणबारे बीबीसी संवाददाताले मध्यपूर्व तथा अन्तरराष्ट्रिय […]
काठमाडौं । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा कसैलाई नदिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेसम्म बुढीगण्डकी निर्माणको जिम्मा कसैलाई नदिएको बताएका हुन् । विपक्षी दलका सांसदहरुले कांग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना नेपालकै लगानीमा गर्ने निर्णय गरेको स्मरण गराउदै फेरि किन […]