काठमाडौं। डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ । सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन् । डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को टिम प्रभावित स्थलमा गएको छ । हरेक वर्ष फरक–फरक जिल्लामा डेंगुले प्रकोपको रूप […]
काठमाडौं । एक्जिम बैंकको सहयोगमा ४ वर्षअघि सुरु सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापर्बाही गरी अलपत्र पारेको भन्दै कारबाहीस्वरूप विभागले दुवै ठेकेदार कम्पनीबाट दैनिक साढे सात लाख हर्जाना भराउने निर्णय गरेको हो । सार्वजनिक खरिद नियमावलीअनुसार काममा ढिलासुस्ती गर्ने दुवै ठेकेदारले दुई सय दिनसम्म सडक विभागलाई उक्त हर्जाना बुझाउनुपर्नेछ। […]
विराटनगर । मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । समितिका अध्यक्ष प्रकाश मुन्दडासहितका पदाधिकारीले एक कार्यक्रमबीच संघको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडाले ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा औद्योगिक ग्रामलगायत औद्योगिक संरचनाहरुको स्थापना गराउने, प्रादेशिक औद्योगिक प्रदर्शनी स्थल, विराटनगर रिङरोड […]
बझाङ । बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालयका सब(इन्स्पेक्टर महानन्द जोशीले बताए । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा एक […]
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सानो’ मनको ट्रेलर सार्वजनिक गरिएको छ । आयुषमान देशराज जोशी र शिल्पा मास्के मुख्य भूमिकामा रहेको चलचित्रको टे«लरमा लभ, रोमान्स र बियोग देखाइएको छ । आयुषमान देशराज जोशी र शिल्पा मास्केसँगै चलचित्रमा गौरी मल्ल, विशाल पहारी लगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङले निर्देशन गरेक चलचित्र असार २० गतेबाट […]
काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको हो । वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक सहायतामा राखिएको […]
काठमाडौं । गुठी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद र मेयरहरुलाई बोलाएका छन् । विधेयकका प्रावधानलाई लिएर काठमाडौं उपत्यकामा चर्को विरोध चलिरहेका बेला प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद तथा मेयरसँग अन्तरक्रिया गर्न लागेका हुन् । ‘प्रधानमन्त्री कार्यालयमा दिउँसो ३ बजे विधेयकका विषयमा छलफल गर्न निम्तो आएको छ,’ […]
झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपीको कुर्सीमा बसी सेल्फी खिचेर ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी जेल चलान भएका छन् । भारतको बैंङलोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ का हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि जेल चलानको आदेश […]
काठमाडौं । डेंगु परीक्षणमा प्रयोग हुने टेस्ट किटमा बढी मूल्य लिएको पाइएमा कालाबजारी कसूरमा कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही दिनयता पूर्वी नेपालमा फैलिएको डेंगु परीक्षणका क्रममा अस्पताललगायत मेडिकल कलेजहरुले ४ सय रुपैयाँ पर्ने परीक्षण टेस्ट किटलाई १८ सयदेखि २४ सयसम्म लिने गरेको गुनासो आएपछि कारबाही […]
नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ ढोडेनी भुजेल गाउँका एक बालकलाई १२ वर्षदेखि दाम्लोमा बाँधेर राखिएको छ । मानसिक समस्या भएका उनीको उपचार अभाव भएपछि १४ वर्षीय मदन भुजेललाई अभिभावकले बाँधेर राखेका छन् । बालकको कम्मरमा डोरीले बाँधिएको छ । डोरी घरको भित्तामा अडाइएको छ । अरू बालबालिकाझैं स्कुल जाने बेला बाँधेर राख्नुपरेको भन्दै आमा […]