Sajhamanch Archive

जनप्रतिनिधिलाई नै छोइछिटो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनप्रतिनिधिलाई नै छोइछिटो.

प्युठान । प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन गाउँगाउँ पुग्छिन् । त्यस्तो बेला घरबाहिरै बस्न परेका घटना धेरै छन् । छुवाछुत प्रथाका कारण गाउँपालिकाबाट सँगै गएको टोलीसित साथै बसेर खाने छुट उनले पाउँदिनन् । बास बस्न परे घरभित्र पस्न सहज नहुने उनको भनाई छ । कानुनमा जस्तो व्यवस्था भए पनि चेतनालाई […]

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार.

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो । कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र […]

ललितानिवास जग्गा प्रकरण : अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ललितानिवास जग्गा प्रकरण : अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव.

काठमाडौं। बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेका सरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २ महिना अतिरिक्त समय मागेको हो । २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललितानिवासले चर्चेको करिब एक […]

गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब.

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सरकारले संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन् । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई […]

१६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग, महिलाले घेरे प्रशासन !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग, महिलाले घेरे प्रशासन !.

बाँकेमा बालबिबाहविरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरु सचेतनामुलक अभियान सञ्चालनमा व्यस्त रहँदा मधेसी समूदायका केही महिला भने १६ वर्षमै बिबाह गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन् । बाँके जानकी गाउँपालिकाका रामदेश मिश्रको नेतृत्वका केही मधेसी महिलाले जिल्ला प्रशासन कार्यायलमा धर्ना दिएका हुन् । २० वर्ष पूरा गरेका छोराछोरीको बिहे गर्न खर्चले […]

कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित.

मोरङ । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् […]

ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ.

जाजरकोट । नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए […]

सोलुखुम्बुमा स्काभेटर आगजनी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सोलुखुम्बुमा स्काभेटर आगजनी.

सोलुखुम्बु । अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ। सोलु दूधकुण्ड नगरपालिका वडा नं.११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ। घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक […]

नोट सक्कली वा नक्कली कसरी थाहा पाउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नोट सक्कली वा नक्कली कसरी थाहा पाउने.

काठमाडौं । समय समयमा बजारमा नक्कली नोट भेटिएका खबर आउँछन् । विशेषगरी एक हजार, पाँच सय र सय रुपैयाँका नक्कली नोट बजारमा पाइएका समाचारहरु आउँछन् । भारतीय रुपैयाँ मात्र नभएर नेपाली नोट नै नक्कली भेटिन थालेपछि नेपाल राष्ट्र बैंकले सक्कली नोट चिन्ने तरिका सार्वजनिक गरेको छ । हजार रुपैयाँको नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा वा […]

मौरीपालन व्यवसाय प्रबर्द्धनका लागि

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मौरीपालन व्यवसाय प्रबर्द्धनका लागि.

दाङ । मौरीपालन व्यवसाय प्रबर्द्धनका लागि घोराही उपमहानगरपालिका भित्रका मौरीपालक किसानहरूलाई ५० लाख रूपैयाँ बराबरका विभिन्न सामग्री वितरण गरिएको छ । परियोजनाको ५० प्रतिशत अनुदान र कृषकको पचास प्रतिशत लगानीमा सामग्रीहरू खरिद गरिएको मौरी ब्लक विकास कार्यक्रमले जनाएको छ । मौरी ब्लक विकास कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजनाले ६२ जना व्यवसायिक माहुरी पालक किसानहरूलाई […]