काठमाडौं। बागमती नदी किनारा आसपासको जग्गाको मुआब्जालाई लिएर पछिल्लो समय बढ्दै गइरहेको विवाद समाधानका लागि सरकारलाई हम्मे परिरहेको छ । नदी किनारामा पर्ने जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन कानुनी व्यवस्था छैन । मुआब्जा दिन नमिल्ने सरकारी पक्षको दाबी र जबर्जस्ती सेना लगाउर नदीको बहाव परिबर्तन गरेकाले मुआब्जा पाउनैपर्ने स्थानीयको मागका कारण २ पक्षबीच विवाद देखिएको हो […]
सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन । दलित बस्तै जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् । बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु […]
काठमाडौं । इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब होस्टिङ कम्पनीका लागि समेत व्यवसाय कठिन हुनेछ । सामाजिक सञ्जालमा सम्प्रेषण भएको […]
झापाको बिर्तामोड स्थित मनकामना विद्यालयमा शुक्रबार बिद्यार्थीहरुको आँखा जाँच गरिएको छ । मेची आँखा अस्पताल बिर्तामोड र अर्बिस इन्टर्नेसनल एन एन जे एसको सहकार्यमा संचालन गरेको बिद्यालयका बालबालिकामा देखिने दृष्टि दोष कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको अस्पतालका दृष्टि विशेषज्ञ अजय कुमार रायले बताए । सात सय दुई जनाले आँखा परिक्षण गराएका बिद्यार्थी मध्ये ३१ जना लाई […]
दाङ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जना मजदुरको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको हो । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी […]
नयाँदिल्ली । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् । पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडीमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । त्यस क्रममा पाँच जना […]
किर्गिस्तान । सङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षी इमरान खानसँग भेट हुँदा हात पनि मिलाएनन् । बरु, आफ्नो सम्बोधनका क्रममा मोदीले नाम नलिइकनै पाकिस्तानतर्फ इसारा गर्दै आतङ्कवादमाथि कडा टिप्पणी गरे । उनले एससीओको सदस्य देशहरुले आतङ्कवादविरुद्ध एकजुट भएर लाग्न आह्वानसमेत गरे । उपस्थित सबैले मोदीको इशारा कता थियो भन्ने बुझिहाले […]
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा स्वागत गरेको छ । चेल्सीबाट रियल मड्रिडमा आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका छन् । गत साता नै हजार्ड रियल मड्रिडमा आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए । १५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा करीब […]
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बस विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको हो । जेठ १२ गते सिंहदरबार नजिकै अनामनगर र सुकेधारामा विप्लव नेतृत्वको नेकपाले […]
काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ । दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो । बैठकमा […]