Sajhamanch Archive

कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?.

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ । नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी […]

शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !.

काठमाडौं । काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा […]

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन.

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक […]

विदेश अध्ययनमा कडाइ, यस्तो भयो निर्णय

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेश अध्ययनमा कडाइ, यस्तो भयो निर्णय.

काठमाडौं।सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा […]

निजी विद्यालयलाई अंकुश लगाउने शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on निजी विद्यालयलाई अंकुश लगाउने शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस.

काठमाडौं। सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने उल्लेख छ । उक्त ऐनमा सार्वजनिक विद्यालय पढ्ने विद्यार्थीलाई सरकारले विशेष प्रोत्साहन दिनसक्ने, […]

लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद.

काठमाडौं । खलोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको गहिराइमै नपुगी समितिले निर्णय गरेको बताएका छन् । निर्णयमा पुग्नुअघि पटक–पटक बसेका समिति बैठकमा पनि उनीहरुबीच मतभेद […]

टिप्परले लग्यो सम्पादकको ज्यान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्परले लग्यो सम्पादकको ज्यान.

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक जना पत्रकारको ज्यान गएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार पत्रकार नन्दबहादुर गेलाङको ज्यान गएको हो । मृत्तक गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’ का सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत […]

महिला विश्वकप फुटबलमा तीन खेल

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on महिला विश्वकप फुटबलमा तीन खेल.

एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । पहिलो खेल जर्मनी र स्पेनबीच नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिँदैछन् । बेलुका पौने ७ बजे आफ्नो दोस्रो खेलमा दक्षिण कोरिया नाइजेरियासँग खेल्दैछ । यसअघिको पहिलो खेलमा पराजित दुवै टोली सुखद् नतिजाको पर्खाइमा […]

आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने.

नयाँ दिल्ली । भारतको बिहार सरकारले बुढेसकालमा आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । बिहार सरकारको मन्त्रिपरिषद्ले आमा–बुवाको उजुरीका आधारमा सन्तानलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै अब छोराछोरीबाट प्रताडित वृद्धवृद्धाले न्यायका लागि अदालत जानुपर्ने बाध्यता पनि हटेको छ । छोराछोरीबाट प्रताडित वृद्धवृद्धाको समस्या अब डिस्ट्रिक्ट मजिस्ट्रेटले समाधान […]

प्रधानमन्त्री ओली बेलायतबाट फ्रान्स भ्रमणमा जाँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली बेलायतबाट फ्रान्स भ्रमणमा जाँदै.

संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित […]