वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको अत्यन्तै सुन्दर पत्र प्राप्त भएको बताएका छन् । ह्वाइट हाउसमा उनले किमको सुन्दर पत्र आफूलाई प्राप्त भएको बताए पनि पत्रमा लेखिएको सन्देश भने खुलाएनन् । किममाथि विश्वास कायम राख्ने संकेत गर्दै ट्रम्पले उत्तर कोरियाली शासकले आफ्नो कुरा कायम राख्नुपर्ने बताए । ट्रम्पले उत्तर […]
डडेल्धुरा । चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको चट्याङ लागेर ज्यान गएको हो । बुधबार बिहान घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा […]
बलिउड नायक सैफअली खान कुनै समय बलिउडमा निकै खोजिने र रुचाइएको नाम हो । अहिले पनि सैफको क्रेज राम्रो छ । उनी लगातार चलचित्रमा काम गरिरहेका छन् । सैफलाई ‘भूत पुलिस, जवानी जानेमन, तन्हाजी’ लगायत चलचित्रमा दर्शकले देख्न पाउनेछन् । यस्तैमा, सैफले आफूलाई ८ बजेपछि सुटिङ गर्न मन नलाग्ने बताएका छन् । हालै एक मिडियामा […]
। हङकङ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ । बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् । बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ […]
काठमाडौँ । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुने बित्तिकै उनीहरुले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौँका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरे । काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित […]
पोखरा । पोखरामा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका गोविन्द थापालाई अस्पताल लगिएको छ । उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले पक्राउ परेका थापाको आक्रमणबाट एक […]
चितवन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दाले मात्रै क्रिकेट रंगशाला बनाउन नसकिने बताएका छन्। बुधबार चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै अर्बौं लगानी हुने क्रिकेट रंगशाला जस्ता संरचना चन्दाले मात्रै बनाउन नसकिने भएकाले सघाउनका लागि सरकारले योजना बनाएको खुलासा गरे । ‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन […]
काठमाडौं । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ । गएराति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल बर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता गरेको हो । अमेरिकालाई कीर्तीमानी जित दिलाउन अलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । महिला विश्वकप फुटबलमा यसअघिको सबैभन्दा फराकिलो जित ११–० को थियो । […]
दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्। वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ। अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने […]
काठमाडौं। सरकारले लोकसेवा आयोगले गरेको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आहवान गरेको भन्दै जारी भर्ना प्रक्रिया नरोक्ने संकेत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन संविधान र कानुनसम्मत भएकाले रोक्न नपर्ने बताए । मंगलबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन […]