Sajhamanch Archive

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवासः डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवासः डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म.

काठमाडौं ।प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार […]

मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबिको पत्र, ‘दोहोरो भुक्तानी दिन सकिँदैन’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबिको पत्र, ‘दोहोरो भुक्तानी दिन सकिँदैन’.

काठमाडौं  । मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी० ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ । […]

पेट्रोलियम पाइपलाइनमा क्षति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेट्रोलियम पाइपलाइनमा क्षति.

काठमाडौं  । वीरगन्जमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदारले स्काभेटर लगाएका छन् । विरगन्ज व्यापारिक सडक सुधार आयोजनाअन्तर्गत सडक विस्तारका क्रममा सपना निर्माण सेवाले सोमबार डोजर लगाएको हो । उक्त सडक खन्दा पाइप लाइनसँगै अप्टिकल फाइबरमा क्षति पुगेको हो । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार करिब ६ देखि ७ मिटरमा क्षति पुगेको छ । […]

स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज.

काठमाडौं ।  फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– […]

जोखिमपूर्ण काममा बालबालिका

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on जोखिमपूर्ण काममा बालबालिका.

काठमाडौं । सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे । उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिइनन् तर हातमा पैसा […]

डीभी–पीआरको फाराम भरे शिक्षक–कर्मचारीको जागिर चट्

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डीभी–पीआरको फाराम भरे शिक्षक–कर्मचारीको जागिर चट्.

काठमाडौं । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिएको छ । मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा […]

श्रीलंका र बंगलादेशबीचको खेल बर्षाको कारण सुरु हुन सकेन

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on श्रीलंका र बंगलादेशबीचको खेल बर्षाको कारण सुरु हुन सकेन.

१२ औँ आईसीसी एक दिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत श्रीलंका र बंगलादेशबीचको खेल बर्षाको कारण सुरु हुन सकेको छैन। व्रिष्टलमा हुने खेलमा वर्षा नरोकिएपछि टस समेत हुन सकेको छैन। जारी विश्वकप क्रिकेटमा अहिलेसम्म वर्षाका कारण दुईवटा खेल रद्द भइरहेका छन्। यसअघि श्रीलंकाको पाकिस्तानसँगको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो। यस्तै सोमबार दक्षिण अफ्रिका र वेष्ट […]

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेस्तोलसहित भारतीय नागरिक पक्राउ.

मोरङ। विराटनगर महानगरपालिकाको एक होटलबाट भारतीय एक युवकलाई दुइवटा पेस्तोलसहित पक्राउ गरेको छ। भारतको सीतामणि घर भएका २२ वर्षिय कुणालकुमार सिंहलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो। मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार, पक्राउ परेका सिंहको साथबाट एकथान चाइनिज र अर्को एकथान कटुवा पेस्तोल बरामद भएको हो। सिंह पक्राउको समय दुवै पेस्तोलमा चार […]

किशोरीको हत्या गरि फरार अभियुक्तलाई प्रहरीद्धारा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किशोरीको हत्या गरि फरार अभियुक्तलाई प्रहरीद्धारा पक्राउ.

वीरगञ्ज । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोलका २७ वर्षीय प्रजा सहनीलाई पक्राउ गरेको हो । पक्राउ परेका सहनी र सोही ठाउँका अर्का ४० वर्षिय विनोद साह कानुले मिलेर आफ्नै गाउँकी एक किशोरी सहनीको हत्या गरि […]

कांग्रेसद्धारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसद्धारा प्रतिनिधिसभा बैठक अवरुद्ध.

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। ११ बजे बसेको बैठकको सुरुवातमा नै कांग्रेसका सांसदहरूले आफ्नो आसनबाट उभिएर संसद बैठक अवरुद्ध गरेका हुन्। कांग्रेसले गुठी विधेयकलाई लिएर संसदको बैठक लगातार दोस्रो दिन अवरुद्ध गरेको हो। कांग्रेस सांसद राजेन्द्र केसीले गुठीलाई सरकारले कब्जा गर्ने गरी विधेयक ल्याएको बताएका छन्। उनले […]