Sajhamanch Archive

विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा 

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा .

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछन्। दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्ने दाउमा छन्। श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ। अघिल्ला […]

हप्तामा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध दिगो

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on हप्तामा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध दिगो.

हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ । वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ । ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको […]

करेन्ट लागेर पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर पुरुषको मृत्यु.

भ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ। मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार सोमबार बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो। ‘गाउँमा बेलाबखत आफैँले बिजुली लाइन बनाउने […]

सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने: प्रधानमन्त्री

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने: प्रधानमन्त्री.

काठमाडौं । युरोपको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने बताएका छन् । बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा गरिएको सहमतिबारे अब नेकपाले निर्णय गर्ने बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरण भएको भन्दै अब आर्थिक समृद्धिमा […]

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक.

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ब्रेक्जिट मस्यौदालाई लिएर बेलायती संसद् र पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री टेरिजा मेले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन । त्यसपछि बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले नेता चयन प्रक्रिया सुरु गरेको हो । बेलायतमा सत्तारुढ दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ […]

रौतहटमा बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीयको मृत्यु, अन्य २१ जना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रौतहटमा बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीयको मृत्यु, अन्य २१ जना.

काठमाडौं । रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। लुम्बिनीबाट भारतीय तीर्थयात्री बोकेको गएको बस रौतहटको पौराही बागमतीमा यात्रुलाई शौचालय जानका लागि रोकिराखेको समयमा ट्रकले ठक्कर दिएको थियो । न.६ ख ९०३० नम्बरको बसलाई सोमबार मध्यरातमा सोही दिशाबाट आउँदै गरेको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा […]

गायिका आनी सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा, करोडौं संकास्पद रकम खातामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गायिका आनी सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा, करोडौं संकास्पद रकम खातामा.

काठमाडौं ।स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । फूको आँखामा फूरै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट करीब १८ करोड ३१ लाख ४३ हजार ३४० रुपैयाँ […]

९१६१ पदपूर्ति अनिश्चित, लोकसेवाको विज्ञापन खारेजले सत्तारुढ दलमै असन्तुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ९१६१ पदपूर्ति अनिश्चित, लोकसेवाको विज्ञापन खारेजले सत्तारुढ दलमै असन्तुष्टि.

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारीको भर्नासम्बन्धी विज्ञापन रद्द गर्न सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोजलाई निर्देशन दिएको छ । यो सँगै स्थानीय तहको पदपूर्तिका लागि लोकसेवा आयोगले ९१६१ जनाका लागि खुलाएको भर्ना अनिश्चित बनेको छ । समितिको विज्ञापन खारेज गर्ने निर्णयले सत्तापक्षकै सांसदको असन्तुष्टि रहेको समाचार पनि पत्रिकाले छापेको छ […]

गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक.

काठमाडौं । सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो । ‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको […]

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ.

काठमाडौं  । १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो । अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको […]