काठमाडौं । जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो । वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ । भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२ हजार एक सय […]
काठमाडौं । नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ । म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा […]
काठमाडौं । आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो । यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन […]
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सकेका छैनन् । तर पनि पार्टी अध्यक्ष […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मुलाबारीमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको स्वास्थ्यकर्मीले बताएका छन् । झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको निर्क्यौल गरेको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताए । बिहेमा भोज खाँदा गाउँका १ सय ३५ जनालाई झाडापखाला भएको उहाँले बताए । उनिहरुमध्ये पाँचजनालाई थप उपचारका लागि […]
काठमाडौं । भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्प पश्चात्को निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो । भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य […]
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, ध्रुव चापागाईं, सुरेन्द्र विकलाई आइतबार […]
केही समय अगाडि सम्पन्न भारतको आम निर्वाचनले विश्वकै सबैभन्दा ठूलो मात्र नभएर विश्वको सबैभन्दा महङ्गो निर्वाचनको समेत नयाँ रेकर्ड कायम गरेको छ । सो चुनावमा राजनीतिक दल, उमेदवार र निरीक्षक निकायले ८।६ अर्ब डलर खर्च गरेका छन् । जबकी २०१६ मा अमेरिकी राष्ट्रपति चुनावका लागि केबल ६।५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । […]
काठमाडौं । बारामा प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले किनबेचमा संलग्न पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिकाका श्याम सुन्दर यादव, गुलसन प्रसाद यादव, सुरेश मुखिया बिन, धर्मेन्द्र मुखिया बिन र नन्दकिशोर सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका […]
हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन्। जेठ १९ मा अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक साता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण […]