Sajhamanch Archive

संघीय संसदका दुवै सदनको बैठक आज

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संघीय संसदका दुवै सदनको बैठक आज.

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आजका लागि बोलाइएको छ । सोमबार बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यसूची रहेको छ । बोल्न बाँकी सदस्यहरुले बोलिसकेपछि अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बिहान ११ बजे नै बस्ने […]

बिरामीको मृत्यु, कन्काई हस्पिटल तोडफोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिरामीको मृत्यु, कन्काई हस्पिटल तोडफोड.

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित कन्काई हस्पिटलमा डाक्टरको लापरबाहिले गर्दा बिरामीको मृत्यु भएको भन्दै परिवार तथा आफन्तद्धारा आक्रोशमा आएर अस्पताल तोडफोड गर्ने प्रयास गरेका छन् । सुर्योदय नगरपालिका वडा नं. ९ बस्ने २१ बर्षिया विविता तामाङको मृत्यु भएको छ । आक्रोशमा आएका परिवार तथा आफन्तद्धारा अस्पतालमा ढुङ्गामुडा गर्न थाले पछि प्रहरीले भिडलाई संयम बनाउन तीन […]

सलमानको नयाँ तस्बिरले बलिउडमा खलबली

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सलमानको नयाँ तस्बिरले बलिउडमा खलबली.

एजेन्सी । सलमान खान यतिबेला फिल्म भारतको सफलताको उत्सव मनाइरहेका छन्। यसैबीच सलमान खानक एक ट्वीटले उनका फ्यानमा उत्सुकता बढाएको छ । सलमान खानको नयाँ ट्वीटले कुनै नयाँ प्रोजेक्टतर्फ इशारा गरेको छ । सलमान खानले आइतबार आफ्नो ताजा तस्बिर सेयर गरेका छन् । यसमा उनले लेखेका छन्, केही नयाँ आइरहेको छ । तस्बिरमा सलमान खान […]

कञ्चनपुरमा ११ करोड बढीको केरा बालीमा नोक्सानी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कञ्चनपुरमा ११ करोड बढीको केरा बालीमा नोक्सानी.

कञ्चनपुर । कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीका कारण रु ११ करोड बढीको केरा खेतीमा क्षति भएको छ । सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीमा केरा खेती गरेका किसानले हावाहुरीका कारण क्षति व्यहोर्नु परेको छ । केराको फल लागेको र फल लाग्न तयार भएका विरुवामा नस्ट भएका छन् । केरा खेतीमा संलग्न किसान सुरेन्द्र चौधरीले २१ […]

विश्वकप क्रिकेट टस जितेर अष्ट्रलियाविरुद्ध ब्याटिङ गर्दै भारत

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विश्वकप क्रिकेट टस जितेर अष्ट्रलियाविरुद्ध ब्याटिङ गर्दै भारत.

इङ्‍ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीतामा भारत र अष्ट्रेलियाबीचको खेलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । जारी प्रतियोगितामा अष्ट्रेलियाले दुवै खेलमा जित निकालेको छ भने भारत पनि जितको यात्रालाई निरन्तरता दिन प्रयासमा छ । अष्ट्रेलिया आफ्नो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेका हुन् । अनुभवी खेलाडी रहेका […]

घरमा सिंह पाल्ने यी पाकिस्तानी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on घरमा सिंह पाल्ने यी पाकिस्तानी.

सामान्यतयाः मानिसहरुले घरमा कुकुर र बिरालो जस्ता पाल्तु जनावर पाल्ने गर्छन् तर एकजना पाकिस्तानीले घरमा सिंह पालेर सबैलाई अचम्मित पारेका छन् । पाकिस्तानको मुल्तानमा बस्ने ३३ वर्षीय जुल्कैफ चौधरीले दिनहुँ मर्निङ वाकमा लैजान्छन् । यति मात्र होइनन्, उनी सिंहसितै सुत्छन् । जुल्कैफको परिवारलाई सिंहसित कुनै समस्या छैन । जुल्कैफको दुई वर्षको छोरो पनि बडो मायासित […]

गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी दमन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी दमन.

काठमाडौं । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले दमन गरेको छ । आइतबार माइतीघर मण्डलमा गुठीसम्बद्ध विभिन्न संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले दमन गरेको हो । सो क्रममा डा। महेशमान श्रेष्ठ, अनिश वैद्य पक्राउ परेका छन् भने महेश्वर रञ्जीतकार घाइते भएका छन् । रञ्जीतकारको टाउको […]

सरिताले दिइन् नव निर्वाचित अध्यक्ष रविन्द्रलाई यस्तो सुझाब

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on सरिताले दिइन् नव निर्वाचित अध्यक्ष रविन्द्रलाई यस्तो सुझाब.

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ५७ मतले सरिता लामिछाने अध्यक्ष पदमा पराजित भएकी छिन् । उनले, आफूले निर्वाचन हारेको सहर्ष स्विकार गर्दै रविन्द्रको टिमलाई शुभकामना दिइन् । उनले भनिन् ‘सायद म भन्दा लोकप्रिय रविन्द्र दाइ हुनुहुन्थ्यो होला र मैले हारे । रविन्द्र दाइले जित्नुभएको छ, भोलि आफूले गरेका प्रतिवद्धता पूरा गर्नु भएन भने […]

राजपाको नयाँ विधानको मस्यौदा यस्ता छन हेरफेर

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजपाको नयाँ विधानको मस्यौदा यस्ता छन हेरफेर.

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले केन्द्रिय कार्यसमितिको संख्या एक चौथाई घटाउने बैधानिक व्यवस्था गरेको छ । विधान संशोधनका लागि सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा बनेको समितिले तयार पारेर अध्यक्ष मण्डललाई बुझाएको मस्यौदामा केन्द्रिय कार्यसमितिको संख्या एक चौथाई भन्दा बढि घटाइएको छ । मधेस केन्द्रित ६ दल मिलेर राजपा बन्दा रहेको आठ सय १५ सदस्यीय केन्द्रिय […]

हङकङमा विरोध प्रदर्शनको तयारी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on हङकङमा विरोध प्रदर्शनको तयारी.

हङकङ । हङकङबाट चीनले चाहेको मानिसलाई पक्राउ गरेर लग्न सक्ने व्यवस्थासहितको नयाँ कानुन आउन लागेपछि त्यसको विरोध गर्दै आज हङकङमा बृहत् विरोध प्रदर्शन हुने भएको छ । नयाँ कानुन अनुसार चीनले हङकङबाट राजनीतिक वा व्यापारिक कारणले जो कोहीलाई पक्राउ गर्न सक्ने अवस्था देखिएको छ । यसले हङकङको अर्धस्वायत्त कानुनी प्रणालीलाई कम आँकेको आन्दोलनमा उत्रिएकाहरुले आरोप […]