Sajhamanch Archive

टर्कीसँग फ्रान्स पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on टर्कीसँग फ्रान्स पराजित.

काठमाडौं । विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको हो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे । खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा उन्डरले अर्को […]

रुपन्देहीमा युवाको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुपन्देहीमा युवाको हत्या.

रुपन्देही । रुपन्देहीमा एक युवाको हत्या भएको छ । देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो ।निधार र छातिमा लागेको चोटसहित बेहोस अवस्थामा भेटिएका थापाको देवदह मेडिकल कलेजमा ज्यान गएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु , २४ वर्षीय लक्षण थारु, १९ वर्षीय […]

बैठकमा बसिरहेको अवस्थामा विप्लव समूहका १८ नेतारकार्यकर्ता पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैठकमा बसिरहेको अवस्थामा विप्लव समूहका १८ नेतारकार्यकर्ता पक्राउ.

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर […]

जंगली च्याउ खाँदा २ जनाको मृत्यु ,९ गम्भीर बिरामी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on जंगली च्याउ खाँदा २ जनाको मृत्यु ,९ गम्भीर बिरामी.

पाल्पा । पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। उनका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन्। विरामी पर्नेमा सोही ठाउँका ४५ […]

खोलामा डुबेर गम्भीर घाइते बालकको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोलामा डुबेर गम्भीर घाइते बालकको मृत्यु.

पाँचथर । फेमे खोलामा डुब्दा गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। मुत्यु हुनेमा फिदिम नगरपालिका–४ का खड्ग राईका ११ वर्षीय छोरा इनसन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोलामा खेल्ने क्रममा चिप्लिएर लड्दा उनी डुबेपछि गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालमा शनिवार मृत्यु भएको हो। खोलामा […]

यात्रु नपाउँदा जापान उडान दुई महिना सर्‍यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on यात्रु नपाउँदा जापान उडान दुई महिना सर्‍यो.

काठमाडौं।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ । निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ देखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको […]

निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन.

काठमाडौं । महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा कमजोर बन्दै गएको हो त रु तर विज्ञहरू स्रोत र साधनको अभावबीच पनि […]

काँग्रेसमा महाधिवेशन छिटो गर्न दबाब

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेसमा महाधिवेशन छिटो गर्न दबाब.

काठमाडौं ।ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् । काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन् । पार्टी विधानलाई संघीय संरचनाअनुसार तयार गरेको काँग्रेसले आसन्न १४औँ महाधिवेशनको पूर्व तयारीस्वरूप […]

बजेटसँगै मनपरी मूल्यवृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बजेटसँगै मनपरी मूल्यवृद्धि.

काठमाडौं  । सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । […]

नेपाल र भारतबीच रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाल र भारतबीच रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण.

काठमाडौं  । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो । यस अघि सन् २००४ पहिलो पटक नेपाल […]