Sajhamanch Archive

आफूले अध्ययन गरेको विद्यालयमा तिम्सिनाले गरे शैक्षिक सामाग्री सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on आफूले अध्ययन गरेको विद्यालयमा तिम्सिनाले गरे शैक्षिक सामाग्री सहयोग.

कनकाई । झापाको बाह्रदशी—७ स्थित पशुपति आधारभूत विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् । वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयकालागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा […]

ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू.

नयाँ दिल्ली । कोभिड संक्रमण फेरि बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोरानाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आज सोमबारदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने राज्य सरकारको निर्णयमा उल्लेख छ । भारतमा पछिल्लो २४ घन्टामा […]

मलेसियामा भीषण बाढी: कम्तीमा ४७ जनाको मृत्यु

Published: in विविधा by . Leave a Comment on मलेसियामा भीषण बाढी: कम्तीमा ४७ जनाको मृत्यु.

काठमाडौं । मलेसियामा आएको केही दशकयताकै ठूलो बाढीमा परी अहिलेसम्म कम्तीमा ४७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन दिनसम्म परेको अविरल वर्षापछि आएको बाढीको कारण मलेसियाका धेरै राज्यहरु प्रभावित भएका छन् । प्रहरीका अनुसार बाढीमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ भने अन्य पाँच जना बेपत्ता छन् । यसअघि ३३ […]

फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न  

Published: in गीत/संगीत/मनोरञ्जन, विविधा by . Leave a Comment on फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न  .

विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन […]

बाइजुराज महिलाहरुलाई क्षमता अभिबृद्धि प्रशिक्षण

Published: in विविधा, समाज by . Leave a Comment on बाइजुराज महिलाहरुलाई क्षमता अभिबृद्धि प्रशिक्षण.

विर्तामोड । श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति, झापाको आयोजनामा एकदिने क्षमता अभिबृद्धि तथा महिला नेतृत्व विकास प्रशिक्षण कार्यक्रम गरिएको छ । आइतबार झापाको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा वाइजुराजमा आबद्ध महिलाहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम गरिएको हो । बाइजुराज महारानीको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका […]

तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा

Published: in खेलकुद by . Leave a Comment on तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा.

बिर्तामोड । उत्कृष्ट खेल पस्किँदै मोरङको पथरी शनिश्चरे महिला एफसी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मोरङले विदेशी टोली भारत कालिम्पुङको श्री फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २६ औँ मिनेटमा मोरङकी […]

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा […]

जङ्गली हात्तीद्वारा लक्ष्य सेकुवा कर्नरमा क्षति

Published: in समाज by . Leave a Comment on जङ्गली हात्तीद्वारा लक्ष्य सेकुवा कर्नरमा क्षति.

कमल । जङ्गली हात्तीद्वारा लक्ष्य सेकुवा कर्नरमा क्षति पुर्याएको छ । हात्तीले गएराती वडा नम्वर ३ स्थित लक्ष्य सेकुवा कर्नरमा क्षति पुर्याएको हो । हात्तीले सेकुवा कर्नरकोे वाल भत्काएर काउन्टरमा भएको ३ वटा फ्रिज ,ल्यावटप , पेय पदार्थल गायतमा सामानमा क्षती गर्दा करिब ७ लाख रुपैया भन्दा बढीको क्षतीभएको होटल सन्चालक मेघराज सुवेदी जानकारी दिए […]

नेपाल निजामति कर्मचारी युनियनमा नयाँ कार्यसमिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल निजामति कर्मचारी युनियनमा नयाँ कार्यसमिति चयन.

भद्रपुर । नेपाल निजामति कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशनले कविन्द्र बिक्रम नेम्वाङ्गको अध्यक्षतामा २१ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । झापाको भद्रपुरमा शनिबार सम्पन्न कर्मचारी युनियनको अधिबेशनले उपाध्यक्षमा ज्ञानु सिवाकोटी,अरुण शाह र उशोदा कोईराला ,सचिवमा भानुभत्त भट्टराई ,सह सचिवमा चन्द्र पौडेल र कोषाध्यक्षमा सरोज विक लगायतको २१ सदस्यीय नयां कार्य समिति सर्वसम्मत चयन […]

इक्यान झापाको अध्यक्षमा मिलन ओली

Published: in विविधा, समाज by . Leave a Comment on इक्यान झापाको अध्यक्षमा मिलन ओली.

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् । इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार कार्की र कोषध्यक्षमा अशोक भण्डारी सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको सदस्यहरुमा अग्निप्रसाद सापकोटा, रोशन सुवेदी, दिपक बाँस्तोला र […]