Sajhamanch Archive

तमु ल्होसार गोल्डकपः टाइब्रेकरमा रोयल स्पोर्टिङ क्लब दमक विजयी

Published: in खेलकुद by . Leave a Comment on तमु ल्होसार गोल्डकपः टाइब्रेकरमा रोयल स्पोर्टिङ क्लब दमक विजयी.

बिर्तामोड । आयोजक बिर्तामोड फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमक तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलको टाइब्रेकरमा दमक ४–२ ले विजयी भयो । खेल अवधिभर दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफमा दुई […]

प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ […]

सताक्षीधामदेखि होकलबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु

Published: (Updated: ) in विविधा, समाज, by . Leave a Comment on सताक्षीधामदेखि होकलबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु.

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होकलबारी सम्मको सडकमा कालो पत्रे गर्न सुरु गरिएको छ । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडक मध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि.मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो । प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ करोडको लागतमा २७ किमी सडकको तिब्र रुपमा […]

चीनका एक करोड ३० लाख मानिस फेरि लकडाउनमा

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनका एक करोड ३० लाख मानिस फेरि लकडाउनमा.

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणको प्रकोप बढेपछि उत्तरी सियान सहरका करिब एक करोड ३० लाख बासिन्दालाई घरमै बस्न आदेश दिएको छ । यही डिसेम्बर ९ तारिखयता उत्तरी सहरमा १४३ जनामा संक्रमण पुष्टि भएपछि ‘लकडाउन’ गरिएको हो । सियान सहर रहेको शान्सी प्रान्तमा लाखौँ परीक्षण गरिएका छन् । बुधबार घोषणा गरिएको नयाँ प्रतिबन्धानुसार अत्यावश्क वस्तु […]

प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी शुरु

Published: in समाज by . Leave a Comment on प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी शुरु.

विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको […]

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, मतदान भोलिलाई सर्‍यो

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, मतदान भोलिलाई सर्‍यो.

जनकपुर।प्रदेश २ नेपाली कांग्रेसको जारी अधिवेशनमा झडप भएको छ। विमलेन्द्र निधि र शेरबहादुर देउवा समूहबीच कुटाकुट भएको हो। बुधबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेपनि अहिलेसम्म सुरु नगरेको भन्दै आक्रोशित नेता कार्यकर्ताले नाराबाजी गरेपछि झडप भएको थियो। मतपत्र नछापिएकाले भोलि बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए। ‘मतपत्र छाप्न […]

थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि.

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् । यसअघि मंसिर १९ […]

आरोहण गुरुकुलमा बुधबार देखि ‘खरानीको डोरी’ मञ्चन हुँदै

Published: (Updated: ) in साहित्य by . Leave a Comment on आरोहण गुरुकुलमा बुधबार देखि ‘खरानीको डोरी’ मञ्चन हुँदै.

विराटनगर ।आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर)विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चनहुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक भोलीबुधबार ४ बजेबाट मञ्चनहुने छ । नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेकाहुनभने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन […]

आमचोक, भद्रपुर र झापा विजयी

Published: in खेलकुद by . Leave a Comment on आमचोक, भद्रपुर र झापा विजयी.

शरणामती । झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आज सम्पन्न खेलमा आमचोक गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् । आमचोकले पहिलो खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई २५–१७, २५–१३ र २५–१५ ले पराजित गरेको हो । सो खेलको म्यान अफ दि म्याच आमचोकका रोमन बस्नेत भए । त्यस्तै दोश्रो खेलमा […]

महिला हिंसाका घटना बढ्नु दुःखत रहेको मन्त्री यादवको भनाई

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on महिला हिंसाका घटना बढ्नु दुःखत रहेको मन्त्री यादवको भनाई.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताएका छन् । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको हो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच आज देखि विराटनगरमा शुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको […]