Sajhamanch Archive

अन्तरपालिका फुटबल प्रतियोगिताः गौरीगञ्ज गा.पा.लाई हराउँदै शिवसताक्षी विजयी

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on अन्तरपालिका फुटबल प्रतियोगिताः गौरीगञ्ज गा.पा.लाई हराउँदै शिवसताक्षी विजयी.

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबलल प्रतियोगितामा आज भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो । खेलको ९ औं मिनेटमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत जर्सी नं. ८ को महेश लामिछानेको उत्कृष्ट पासमा शिवसताक्षी नगरपालिकाका कविराज राईले गोल गर्दै खेललाई अग्रता दिलाए । […]

केर्खामा रक्तदान, ९७ प्रिन्ट रगत संकलन

Published: in समाज by . Leave a Comment on केर्खामा रक्तदान, ९७ प्रिन्ट रगत संकलन.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज आयोजित वृहत रक्तदानमा ९७ प्रिन्ट रगत संकलन भएको छ । वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गरेका थिए । रक्तदान साहारा नेपाल साकोस, कमल नगर जेसीज र लायन्स क्लव अफ केर्खाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग रहेको […]

शिवसताक्षीको चन्द्रडाँगीमा ७ दिवशीय सेनेटरी प्याड बनाउने तालिम सुरु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको चन्द्रडाँगीमा ७ दिवशीय सेनेटरी प्याड बनाउने तालिम सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो । तालिमको आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् । तालिम उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले […]

शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने.

शिवसताक्षी । शिवसताक्षी भोली चैत्र ११ गतेदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षीको झिलझिले खेल मैदानमा स्थानीय गोर्खाली हटको आयोजनामा प्रथम गोर्खाली हर्ट नेपाल कप २०७९ सुरु हुने भएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था गोर्खाली हर्टले नेपालले खेलकुदको माध्यामबाट युवाहरुलाई एकजुट बनाउने उद्देश्यले जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता […]

शिवसताक्षीमा ६९.८ प्रतिशतले खाए हात्ती पाइलेको औषधि, औषधि खानेमा ११ नम्बरका बढी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा ६९.८ प्रतिशतले खाए हात्ती पाइलेको औषधि, औषधि खानेमा ११ नम्बरका बढी.

शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक सार्वजनिक गरेको हो । जसमा वडा नं. १ मा ३ हजार ७७१, वडा नं. २ मा ३ हजार ९६६, वडा […]

साना किसान कृषि सहकारीका पूर्व कार्यसमिति तथा लेखा समिति सम्मानित

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on साना किसान कृषि सहकारीका पूर्व कार्यसमिति तथा लेखा समिति सम्मानित.

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ धरमपुर मंगलबारले बार्षिक उत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ। शिवसताक्षी वडा नम्बर –२ का वडा अध्यक्ष भीमबहादुर नेम्वाङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष शमशेर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान कार्यसमिति तथा लेखा समितिलाई उहाँहरूको सहकारी संस्थाप्रतिको योगदानको मूल्यांकन गर्दै सम्मान समेत गरेको छ । […]

शिवसताक्षीमा मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज उद्घाटन गरिएको छ । शिवसताक्षीको दूधेमा उक्त तालिमको नगरप्रुमख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्घाटन गरेका हुन् । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहिद न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको हो । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख […]

दुई महिने सिलाई कटिङ्गको समापन

Published: in विविधा by . Leave a Comment on दुई महिने सिलाई कटिङ्गको समापन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ का महिलाहरुलाई दुई महिने सिलाई कटिङ्ग तालिमको आज समापन गरिएको छ । वडा नं. ३ का महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको समापन गरी प्रमाण पत्र वितरण गरिएको हो । तालिमका लिइएपछि सहभागीहरुले लुगा कपडा सिलाउन सक्ने भएका शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । […]

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई दुई दिवशीय तालिम दिइएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्श प्रा.लि.को प्राविधिक सहयोग दिइएको तालिमका आज समापन गरिएको हो । तालिम जनप्रतिनिधिहरुलाई काम गर्दै जाँदा आउने समस्याहरुका विषयहरुमा केन्द्रिरहेको थियो । त्यस्तै वडा […]

निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले […]