काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए। यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत […]
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको ‘नेपाल बन्द’ का कारण आज बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । दैनिक बाक्लो संख्यामा सवारीसाधन गुड्ने काठमाडौं उपत्यकाका सडक लगभग सुनसान छन्, मोटरसाइकल जस्ता निजी सवारीसाधन मात्र फाटफुट चलेका छन् । यस्तै देशको एउटा […]
कनकाई । झापाको सुरुङ्गामा नक्कली मल बनाएर विक्री गर्न लैजादै गर्दा प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नं. ३ को तीलक पौड्यालको घरमा नक्कली मल बनाउने कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नक्कली मल बनाउन प्रयोग गरिएको नुन, रातो माटो र १६ बोरा विक्रीका लागि तयारी गरिएको पोटास पनि बरामद गरेको […]
सुरुङ्गा । प्रेस सेन्टर नेपाल झापाको विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको सुरुङ्गामा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ । २१ सदस्यीय समितिको जिल्ला सदस्यमा होमप्रकाश अधिकारी, दिलिप […]
कमल । झापाको गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका ईलाका प्रहरी कार्यालयले आज […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा […]
मोरङ । युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बढीगंगा–६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राति घर […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधरको भित्र सडक खण्डमा स्कर्फियोको ठक्करबाट एक जनाको ज्यान गएको छ । माइधरबाट दक्षिण कालो पत्रे भित्र सडकमा स्कर्फियोको ठक्करबाट शिवतसाक्षी न.पा. १० निवासी ७१ वर्षीय ललिता कटुवालको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । सडकको दक्षिणबाट उत्तर जाँदै गरेको को १ […]
काठमाण्डौ । आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो । पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू […]
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नागरिकहरुलाई केही समय राहतको सास फेर्न दिने भन्दै सरकारले एक हप्ताका लागि स्कुललगायत सबै सरकारी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । यसमा निजी अफिसहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ । सडकमा सवारी साधनको सङ्ख्या घटाउनका लागि यस्तो गर्न लागिएको हो । यसले गाडीबाट निस्कने धुँवाले वायु प्रदुषणमा […]