Sajhamanch Archive

बाघको आक्रमणबाट एक जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on बाघको आक्रमणबाट एक जनाको मृत्यु.

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोज भगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए । उनका अनुसार, यही कात्तिक २५ गते गाई […]

महाधिवेशनका लागि कांग्रेसले तोक्यो सात वटै प्रदेशमा संयोजक

Published: in राजनीति by . Leave a Comment on महाधिवेशनका लागि कांग्रेसले तोक्यो सात वटै प्रदेशमा संयोजक.

काठमाडौं । नेपाली कांग्रेसले आसन्न महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी तोकेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा सम्पन्न पदाधिकारी बैठकले प्रदेश महाधिवेशन गराउन सातै प्रदेशमा संयोजक तोकेको हो। बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई तोकेको छ। त्यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर […]

५८ जिल्लामा छान्यो एमालेले महाधिवेशन प्रतिनिधि, यी हुन् बाँकी क्षेत्र (सूची)

Published: in राजनीति by . Leave a Comment on ५८ जिल्लामा छान्यो एमालेले महाधिवेशन प्रतिनिधि, यी हुन् बाँकी क्षेत्र (सूची).

काठमाडौं । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट सकेको छ । चितवनमा १०–१२ मंसिरमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरी अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको जनाएका छन् । पार्टीले निर्धारण गरेको […]

मुस्ताङकाे कोवाङमा भिषण हिमपहिरो, भागदौडमा सात जना घाइते

Published: in विविधा, समाज by . Leave a Comment on मुस्ताङकाे कोवाङमा भिषण हिमपहिरो, भागदौडमा सात जना घाइते.

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा विद्यार्थीसहित ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले इकान्तिपुरलाई जानकारी दिएकी छिन् । आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका जिल्ला प्रमुख जिल्ला अधिकारी […]

मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ शिवसताक्षीद्वारा निशुल्क सुगरको परीक्षण

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ शिवसताक्षीद्वारा निशुल्क सुगरको परीक्षण.

शिवसतााक्षी । लायन्स क्लब अफ शिवसताक्षीले मधुमेह दिवसको अवसरमा शिवसताक्षी बासीलाई निशुल्क सुगर परीक्षण गराएको छ । शिवसताक्षीको अंशु मेडिकल हलमा नगरका १०७ जनाले मधुमेह (सुगर) परीक्षण गराएका थिए । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित रहेकाले निशुल्क सुगरको परीक्षण गराइएको लाइन्स क्लब आफ शिवसताक्षीका प्रेसिडेन्ड चन्द्रप्रसाद खनालले जानकारी दिए । परीक्षणको […]

सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई मुख्य गेटमै रोक्ने तयारी

Published: in विविधा, समाज by . Leave a Comment on सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई मुख्य गेटमै रोक्ने तयारी.

काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो । यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक […]

नेकपा एमाले झापा क्षेत्र नं. ४ बाट यी हुन्, महाधिवेशन प्रतिनिधिमा निर्वाचित उम्मेद्वाहरु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेकपा एमाले झापा क्षेत्र नं. ४ बाट यी हुन्, महाधिवेशन प्रतिनिधिमा निर्वाचित उम्मेद्वाहरु.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधिहरु छनौटका लागि झापा क्षेत्र नं. ४ मा भएको निर्वाचनमा विजयी उम्मेद्वारहरुको नाम सार्वजनिक भएको छ । क्षेत्र न ४ का निर्वाचन मण्डलले अन्तिम परिणाम सार्वजनिक गरेको हो । नेकपा एमाले क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित खुलातर्फ खेमनाथ मिश्र १३४०, चन्द्रकुमार सेर्मा १४६२, धनबहादुर थेवे […]

दुई समूहको झडपले जनकपुर तनावग्रस्त, भोलि रातिसम्म निषेधाज्ञा जारी

Published: in विविधा, समाज by . Leave a Comment on दुई समूहको झडपले जनकपुर तनावग्रस्त, भोलि रातिसम्म निषेधाज्ञा जारी.

जनकपुरधाम । धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ । छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा अस्ती विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको […]

प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]

नेकपा एमाले झापा क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेकपा एमाले झापा क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान हुँदै.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधिहरु छनौटका लागि झापा क्षेत्र नं. ४ मा मतदान सुरु भएको छ । नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिको ९ जनाको कोटामा २० जना चुनावी मैदानमा उत्रिएका छन् । विहीबार ३३ जना आकांक्षीले मनोनयन दर्ता गराएपनि शुक्रबार १३ जनाले उम्मेद्वारी फिर्ता लिएपछि २० जना महाधिवेशन […]