विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा […]
काठमाडौं । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी […]
सुनसरी । सुनसरीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३४ वर्षीया श्रीमती छुङकुु मगरको कुटपिट गरी हत्या गरेको आरोपमा धरान उपमहानगरपालिका–१५, निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी मगरको धरानस्थित घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । […]
मोरङ । मोरङ जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच झडप भएको छ । आज दिउँसो झडप भएको हो । झडपमा एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ […]
सुर्खेत । लेकबेंसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी […]
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको […]
झापा । जोरमाई युवा क्लब झापा गाउँपालिका–२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज सोमबार दुई खेल सम्पन्न भएका छन। सडकबारीको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमलाई ४– १ को गोलान्तरले हराउँदै कनकाई बिजयी बनेको छ।आयोजक टिमले सुरुवात देखि बर्चस्व कायम गरेको खेलको पहिलो हाफको १६ मिनेटमै कनकाईका आशिष लावतीले एक गोल गरेका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ […]
कमल । कोभिड १९ कारण ठप्प पर्यटकीय क्षेत्र अवस्था सामान्य भएपछि आन्तरिक पर्यटनका साथै बनभोज खान जानेहरुको चहल पहल सुरु भएको छ । लामो समयको लकडाउनका कारण घर भित्रै गुम्सिएर बस्नु पर्दाको छटपटी मेटाउनका लागी अहिले आफ्ना नजिकका पर्यटन स्थानमा घुमेर तथा वनभोज खाएर मनोरन्जन गर्नेहरुको सख्या दिन प्रतिदिन बढी रहेको छ । नेपालीहरुका महान […]
काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्रांगणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए। नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश […]