Sajhamanch Archive

प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते.

नयाँदिल्ली । भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै सहकर्मीहरूलाई गोली हानेका छन् । घटनामा चार जना प्रहरी जवानको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार अनुसार सुकमा जिल्लाको मराइगुडा पुलिस स्टेसनअन्तर्गत लिंगमपल्लीमा सीआरपीएफको ५०औं बटालियनको आधार शिविर छ । सोही शिविरका रितेश रञ्जनले सोमबार बिहान ३ बजेतिर आफ्ना […]

बार एशोसिएसनको आन्दोलन अझै सशक्त बनाउन सुझाव

Published: in विविधा, समाज by . Leave a Comment on बार एशोसिएसनको आन्दोलन अझै सशक्त बनाउन सुझाव.

काठमाडौं । देशभरका कानून व्यवसायीहरुले नेपाल बार एशोसिएसनलाई न्यायपालिकाको बेथितीविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउन सुझाव दिएका छन् । उनीहरुले त्यसमा उच्च र जिल्ला अदालतमा देखिएका समस्या पनि समावेश गरेर आन्दोलन अघि बढाउन सुझाव दिएका हुन् । नेपाल बार एशोसिएसनले आइतबार देशभरका कानुन व्यवसायीसँग भर्चुअल माध्यमबाट छलफल गरेको छ । सो छलफल कार्यक्रममा विभिन्न प्रदेश र […]

कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु.

काठमाडौ । देशभर १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । २ हजार ३३३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्ला २४ घण्टामा थप ५६३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् […]

आज भाइटीका, उत्तम साइत बिहान ११ : २ बजे

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज भाइटीका, उत्तम साइत बिहान ११ : २ बजे.

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको […]

ललितपुरमा ग्याँस सिलिण्डर विष्फोट : एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on ललितपुरमा ग्याँस सिलिण्डर विष्फोट : एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते.

ललितपुर । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्याँस सिलिण्डर विष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका इञ्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार ग्याँस सिलिण्डर विष्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको हो । उनका अनुसार निरज […]

हल्का वर्षा र हिमपातको सम्भावना

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हल्का वर्षा र हिमपातको सम्भावना.

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । […]

मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु.

सोलुखुम्बु  । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा बाटोमा लडेर एक बेलायती नागरिकको मृत्यु भएको छ । गत कात्तिक १० गते मेरापिक आरोहणका लागि भएका बेलायती नागरिक फ्लायन एलेक्जेण्डर कृष्टियनको शुक्रबार मृत्यु भएको हो । उनी ६,४७४ उचाइको आरोहण सकेर फर्कने क्रममा करिब ५ हजार ८ सय मिटरको उचाइमा रहेको हाईक्याम्प क्षेत्रमा […]

आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै.

काठमाठौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने […]

जाजरकोटमा मिनिट्रक दुर्घटना: दुईको मृत्यु, एक जना बेपत्ता

Published: in विविधा, समाज by . Leave a Comment on जाजरकोटमा मिनिट्रक दुर्घटना: दुईको मृत्यु, एक जना बेपत्ता.

जाजरकोट । सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनि ट्रक गए राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता छन् । १० जना यात्रु सवार उक्त मिनिट्रकमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ […]

राष्ट्रिय रमणीयमा चेतनामुलक सामुहिक देउसी खेलियो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on राष्ट्रिय रमणीयमा चेतनामुलक सामुहिक देउसी खेलियो.

शिवसताक्षी । झापा शिवसताक्षीको एक सामुदायिक विद्यालयले तिहारको दोस्रो दिन आज सामुहिक देउसी खेलेको छ । शिवताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा रंगोली बनाएर शिक्षक तथा विद्यार्थीहरुले सामुहिक रुपमा देउसी खेलेका हुन् । साँस्कृतिकरु रुपमा खेल्दै आएको देउसीलाई निरन्तरता दिदै नेपालीहरुको महान चाड दीपावलीलाई उत्सवको रुपमा मनाउन पनि देउसी आयोजना गरिएको […]