Sajhamanch Archive

नेकपा एमाले विर्तामोड नगर अध्यक्षमा भट्टराई निवार्चित

Published: in राजनीति by . Leave a Comment on नेकपा एमाले विर्तामोड नगर अध्यक्षमा भट्टराई निवार्चित.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी उमानाथ ओलीले १४० मत प्राप्त गरेका थिए । त्यस्तै नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भएकी छिन्। उनको प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त […]

वाइसियलद्वारा शिवसताक्षीका मुख्य बजारहरु सरसफाई

Published: (Updated: ) in राजनीति, समाज by . Leave a Comment on वाइसियलद्वारा शिवसताक्षीका मुख्य बजारहरु सरसफाई.

शिवसताक्षी । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन (वाइसियल)ले आज शिवसताक्षीको धरमपुरमा शुभकामाना आदान प्रदान कार्यक्रम गरेको छ। वाइसियलले शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । यसैक्रममा वाइसियलले शिवसताक्षीका मूख्य बजारहरु सरसफाई गरेको छ । दीपावलीमा शिवसताक्षी नगरका बजारहरु प्रदुषण मुक्त बनाउने उद्देश्यले शिवसताक्षीका धरमपुर, डुँडामारी, झिलझिलझिले, दूधे, माइधार, शिवगञ्ज, व्याङ्गडाँडा, पाराबारी, […]

शिवसताक्षीमा मंसिर ११ देखि प्रथम एनी फाक्तेप गोल्डकप हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीमा मंसिर ११ देखि प्रथम एनी फाक्तेप गोल्डकप हुने.

शिवसताक्षी । शिवसताक्षीमा प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय फाक्तेप फुटबल क्लबको आयोजनामा शिवतसाक्षी ७ बालसेवा आधारभूत विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुन लागेको आयोजकले आज प्रत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा मुख्य प्रयोजक शिवतसाक्षी ९ को कनकाई गार्मेन्टबाट उत्पादत एनी ब्राण्डले गर्ने भएको छ । फुटबल प्रतियोगिता सफलता […]

विश्व जलवायु सम्मेलनलाई डाइनोसरको सम्बोधन !

Published: in विश्व समाचार, समाज by . Leave a Comment on विश्व जलवायु सम्मेलनलाई डाइनोसरको सम्बोधन !.

काठमाडौं । करिब ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डाइनोसर स्कटल्याण्डमा जारी विश्व जलवायु सम्मेलन (कोप–२६) मा एकाएक देखियो । स्कटल्याण्डको ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलनको क्रममा डाइनोसरले सम्बोधन गरेको झण्डै २ मिनेट ३२ सेकेन्डको भिडियो अहिले विश्वभर चर्चाको विषय बनेको छ । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पति […]

प्रदेश १ मा ८० जना कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८० जना कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेहृथुम र ओखलढुङ्गामा १–१ र […]

शिवसताक्षीमा उपसचिव दाहालसहित ६० बढी शिक्षक तथा कर्मचारी सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा उपसचिव दाहालसहित ६० बढी शिक्षक तथा कर्मचारी सम्मानित.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका अवकास प्राप्त तथा दीर्घसेवी शिक्षक सम्मानित भएका छन् । शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा शैक्षिक सम्मान समितिले नगरका ६० बढी शिक्षकलाई एकसाथ सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाका शिक्षा प्रमुख उपसचिव सुरेन्द्र दाहाललाई समेत सम्मान गरेको छ । उनीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय […]

प्रदेश–१ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, ३ बजे शपथ

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश–१ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, ३ बजे शपथ.

मोरङ । प्रदेश–१ मा नेकपा ९एकीकृत समाजवादी० का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीमा शपथ ग्रहणका लागि २ बजेको समय निर्धारण गरे पनि आफू भने ३ बजे जाने राईले जानकारी दिए । प्रदेश–१ […]

कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?

Published: in विविधा, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?.

सन् १९२० देखि १९९० को बीचमा संसारभर चिकित्सा क्षेत्रको विकासमा निकै धेरै कामहरु भए । यही बीचमा नै मानव शरीरको कुनै अंगले काम नगर्दा त्यसको विकल्प खोज्ने विषयमा धेरै खोजीहरु भए । मानव अंगको अभाव पूर्तिका लागि जनावरको अंगलाई मान्छेमा प्रत्यारोपण गर्ने बारेमा धेरै प्रयास भए । तर अहिलेसम्म सबै काम सफल हुन सकेनन् । […]

शिक्षक बने चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिक्षक बने चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ.

कमल । इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ आज फरक रुपमा प्रस्तुत भए । गाउँपालिकाकै वडा नं. ६ को गिताञ्जली आधारभूत विद्यालयको कक्षा ५ मा प्रवेश मात्र गरेनन् विज्ञान विषयको पुतलीको जीवनचक्र पढाउन पनि भ्याए । चुलाचुली गाउँपालिकालाई बालमैत्री स्थानीय तह बनाउने अभियान अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा गिताञ्जली आधारभुत विद्यालय पुगेका श्रेष्ठले कक्षामा […]

खानेपानी मन्त्रीद्वारा दक्षिणी झापाका अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता

Published: in विविधा, समाज by . Leave a Comment on खानेपानी मन्त्रीद्वारा दक्षिणी झापाका अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता.

भद्रपुर । खानेपानी मन्त्री उमकान्त चौधरीले आगामी बैशाख सम्ममा मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा सहज वितरण हुने बताएका छन् । झापा आइपुगेका मन्त्री चौधरीले झापा क्षेत्र नम्वर ३ अन्र्तगतका विभिन्न अलपत्र खानेपानी आयोजनाको स्थलगत अनुगमनका क्रममा बोल्दै गत भदौको बाढीले क्षतविक्षत भएको मेलम्ची आयोजनाको क्षति यकिन भइसकेकाले पुनरनिर्माण तीव्र पारिने भन्दै बैशाखमा काठमाण्डौमा पानी आइपुग्ने दावी […]